Shikhar Insurance
National Life

एक वर्षमा नेपालमा ३८% बढे भाइबर प्रयोगकर्ता

सिंहदरबार संवाददाता
२०७८ माघ ११, मंगलवार १८:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । भ्वाइस बेस्ड कम्युनिकेशन र सुरक्षित मेसेजिङमा विश्वकै अग्रपङ्क्तिमा रहन सफल राकुटेन भाइबरले आफ्ना प्रोडक्टहरू र नयाँ फिचरहरू जस्तैः एआर लेन्स क्रमशः प्रमुख बजारहरूमा रोल आउट र लन्च गरेपश्चात २०२१ मा भाइबर प्रयोगबारे गरिएको अनुसन्धानको नतिजा सार्वजनिक गरेको छ ।

नेपालमा वर्षभरि नै ग्रुप च्याट र कम्युनिटीहरू प्रयोगकर्ता माझ लोकप्रिय रह्यो। कम्युनिटी फिचरहरूमा ३९% को उल्लेख्निय वृद्धि भएको थियो जुन “प्रमिसिङ पार्टनरसीप”, सहकार्य र फिचर फङ्सनालिटी सान्दर्भिकताको नतिजा हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, दोस्रो स्थानमा ग्रुप च्याट सिर्जना गर्नेहरू रहेका छन् । थप ग्रुप फङसन् र मेसेज आदानप्रदानको साथ ३८% को वृद्धि भएको छ ।

ग्रुप च्याटमा मेसेजिंग गर्नेको संख्या २६% ले बढ्यो किनभने धेरै क्षेत्रहरूले यसको सुविधाहरू अधिकतम रूपमा प्रयोग गरे। वान–टु–वान मेसेजिंग जुन प्लेटफर्मको मुख्य विशेषता हो, गत वर्षको तुलनामा १८५ ले बढेको छ ।

के हो राकुटेन भाइबर

विश्वका १९० वटा राष्ट्रमा प्रयोग हुने राकुटेन भाइबर विश्वभरका मानिसहरूबीचको सम्बन्धसूत्र हो । भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान–टु–वान, भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग छलफलजस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन् ।

भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू शेयर गर्नका लागि एक सुरक्षित र स्वतन्त्र वातावरणको सुनिश्चितता प्रदान गर्दछ।

GBIME

प्रतिक्रिया दिनुहोस्