Skip to content
Shikhar Insurance
National Life

भ्रष्टचार निवारणमा नेपालका सबै प्रयासको शून्य प्रतिफल, भ्रष्ट देशको सूचीमा ११७ मा यथावत

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल सुशासनका्े मामलामा पुन कमजोर अबस्थामा देखिएको छ । भ्रष्टाचारसम्बन्धी सूचकांक निकाल्ने ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारको सूचकांक (सीपीआई) का अनुसार नेपाल विश्वकै कम भ्रष्टाचार हुने मुलुक हरुको सुचिमा ११७ औं स्थानमा रहेको छ । गत गत वर्षको सुचिमा समेत नेपाल ११७ औं स्थानमा नै रहेको थियो ।

बिभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा गरिएका सर्वेक्षणको आधारमा सार्वजनिक गरिने यस सूचकाङ्कमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्टाचार रहेको जनाउँछ । यस सूचकाङ्कमा नेपालले भने १०० अंकमा जम्मा ३३ अंक मात्र प्राप्त गरेको छ ।

सार्क मुलुकहरुमा नेपान भन्दा भुटान, भारत, माल्दिभ्स र श्रीलंका अगाडि छन् भने पाकिस्तान, बङ्गलादेश र अफगानिस्तान भने पछाडी रहेका छन् ।

भुटान ६८ अंक प्राप्त गरी २५औं स्थान, मालदिभ्स ४० अंक प्राप्त गरी ८५ औं स्थान, भारत ४० अंक प्राप्त गरी ८५ औं स्थान, श्रीलंका ३७ अंक प्राप्त गरी १०२ औं स्थान छन् भने पाकिस्तान २८ अंक प्राप्त गरी १४० औं स्थान, बङ्गलादेश २६ अंक प्राप्त गरी १४७ औं स्थान र अफगानिस्तान १६ अंक प्राप्त गरी १७४ औं स्थानमा रहेका छन् ।

१ सय ८० देशको भ्रष्टाचारको अवस्था अध्ययन गरी सार्वजनिक गरेको यो प्रतिवेदनमा डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा सूचीकृत भएका छन् । ती मुलुकले सयमा ८८ अंक पाएका छन् । त्यस्तै, दक्षिण सुडान भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा परेको छ । ११ अंकसहित उक्त देश १८०औँ स्थानमा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्