Shikhar Insurance
National Life

सेञ्चुरीमा कामु सीईओको कमालः सबै सूचकमा छलाङ मार्दै अब्बल बन्ने बाटोमा

सिंहदरबार संवाददाता
२०७८ माघ ७, शुक्रबार ०४:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकमा कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपानेको टिमले कमाल गरेको छ । बैंकले सार्वजनिक गरेको पुस मसान्त अवधिको अपरिस्कृत वित्तिय विवरणमा कामु सीईओ न्यौपाने नेतृत्वको टिमको कमाल देखिएको हो ।

बैंकको नाफा, वितरणयोग्य नाफा, प्रति सेयर आम्दानी, प्रति सेयर नेटवर्थदेखि सबैजसो सूचांकहरुमा व्यापक सुधार गरेको देखिन्छ । न्यौपानेलाई सञ्चालक समितिले असार ३० गते कामु सीईओ बनाउने निर्णय गरेको थियो भने उनले साउन १ गतेदेखि कार्यभार सम्हालेका थिए । कोरोना कालमा पनि रिकभरीलाई उच्च प्राथमिकताका साथ अघि बढाएको सेञ्चुरीले डिजिटलाइजेशनमा पनि केहि नयाँ काम गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

न्यौपानेले ६ महिनामै आफ्नो व्यवसायीक कौशल देखाउँदै उत्साहप्रद उपलब्धि हासिल गराएका हुन् । ६ महिनाको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकले ७२ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आवको यही अवधिको तुलनामा ५४.७७ प्रतिशत बढी हो । आव २०७७/७८ को पुस मसान्तसम्म बैंकले ४६ करोड ६६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यसबीचमा बैंकको सञ्चालन मुनाफा ६९.११ प्रतिशतले बढेर १ अर्ब ७ करोड २९ लाख रुपैयाँ कायम भएको छ भने खुद सञ्चालन आम्दानी ४२.५१ प्रतिशतले बढेको छ ।

खुद मुनाफामा उल्लेख्य उपलब्धि हासिल गरेको बैंकले वितरणयोग्य नाफामा पनि फड्को मारेको छ । बैंकको वितरणयोग्य मुनाफा ४५ करोड २६ लाख रुपैयाँ पुगेको हो जुन अघिल्लो आवको पुस मसान्तसम्मको २५ करोड ४ लाखभन्दा ८०.७६ प्रतिशत बढी हो ।

बैंकले कोरोना महामारीजस्तो विषम परिस्थितिमा पनि व्यवसाय विस्तार गर्दै यो उपलब्धि हासिल गरेको जनाएको छ ।

वित्तीय विवरण अनुसार बैंकको ब्याजदर स्प्रेड ३.९७ प्रतिशतबाट घटेर २.५७ प्रतिशतमा आइपुगेको छ । यद्यपि खुद ब्याज आम्दानी ५.८७ प्रतिशतले बढाएर १ अर्ब २९ करोड २० लाख रुपैयाँ पुर्‍याउन बैंक सफल भएको छ ।

बैंकले चालु आवको ६ महिनामा कर्जा विस्तार करिब १० प्रतिशतले गरेको छ । २०७८ असार मसान्तसम्म सर्वसाधारणलाई ७८ अर्ब ७ करोड ८२ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको बैंकले यस्तो कर्जा विस्तार गर्दै ८५ अर्ब २० करोड ८५ लाख रुपैयाँ पुर्‍याएको छ । यसबीचमा निक्षेपमा भने सामान्य कमी आइ ९२ अर्ब १९ करोड ८३ लाख रुपैयाँ कायम भएको वित्तीय विवरणले देखाउँछ ।

यद्यपि अघिल्लो वर्षको पुस मसान्तको तुलनामा कर्जा २३.०८ प्रतिशतले बढेको हो । गत आवको पुस मसान्तसम्म बैंकले सर्वसाधारण ग्राहकलाई ६९ अर्ब २५ करोड २० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको थियो । सोही बेलासम्मको बैंकले कुल ८३ अर्ब ७९ करोड ४० लाख रुपैयाँको निक्षेप संकलन गरेको थियो । १ वर्षको अवधिमा बैंकको निक्षेप १० प्रतिशतले बढेको हो ।

९ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ चुक्तापुँजी भएको सेञ्चुरीले रिर्जभमा २४ करोड रुपैयाँ थपेको छ । एक वर्षको अवधिमा रिजर्भ १८.२५ प्रतिशतले विस्तार भइ १ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

पुस मसान्तसम्म प्रतिसेयर आम्दानी १५.१२ रुपैयाँ कायम भएको छ । गत वर्षको पुस मसान्तसम्म ईपीएस १०.३३ थियो । यस्तै प्रतिसेयर नेटवर्थ पनि २.३२ रुपैयाँले बढेर १२१.१९ रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

यता खराब कर्जा १.६७ प्रतिशतबाट घटेर १.३१ प्रतिशत कायम हुँदा कस्ट अफ फन्ड सामान्य बढेको छ । बैंकको बेसरेट ८.८२ प्रतिशत पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्