Skip to content
Shikhar Insurance
National Life

अध्यक्ष पौडेललाई सपथ खुवाउँदै गभर्नरले भनेः नबिलले आगामी दिनमा पनि अग्रणी भूमिका कायम राखोस्

Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकको सञ्चालक समितिको बैठकबाट सर्वसम्मत रुपमा बैंक संचालक समितिको अध्यक्षमा पुनः चयन भएका उपेन्द्र प्रसाद पौडेलले पद तथा गोपनीयताको सपथ लिएका छन् । पौडेलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट शपथ ग्रहण गरेको नबिल बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको बालुवाटार स्थित केन्द्रीय कार्यालयमा शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्धय नीलम ढुङ्गाना तिम्सिना र बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट तथा नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साह लगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिती थियो ।

सो अवसरमा नबिल बैंकले ३७औं साधारणसभा सम्पन्न गरको तथा अहिले सम्म गरिआएको कामलाई गभर्नर अधिकारीले प्रोत्साहन गर्दै आगामी दिनहरुमा पनि नबिल बैंकले आफ्नो अग्रणी भूमिका कायम राख्ने छ भन्ने विश्वास व्यक्त गरेको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

शपथ ग्रहण कार्यक्रममा कोभिड महामारीले बैंकिङ्ग क्षेत्रमा पु¥याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो । साथै, उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साहले बैंकको पछिल्लो वित्तीय अवस्थाको समेत जानकारी गराएका थिए ।

नबिल बैंकका अध्यक्ष पौडेललाई मिति २०७८ पुस ३० गते सम्पन्न बैंकको ३७औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनी एनबी (ईन्टरनेशनल) लि. को प्रतिनिधिको रुपमा निर्विरोध निर्वाचित गरेको हो ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकले १३५ शाखा, १८९ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट मार्फत नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्