Skip to content
Shikhar Insurance
National Life

नाकाको अवरोध हटाउने तिब्बतको आश्वासन, अन्त्य होला त चीनको अघोषित नाकाबन्दी ?

Hyundai
NCELL
NIMB

काठमाडौं । चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारका अध्यक्ष यान जिन हेइले कोभिड नियन्त्रण गर्ने प्रबन्धहरूको पालना गर्दै नेपालको चासोलाई सम्बोधन गर्ने आश्वासन दिएका छन् ।

महावाणिज्यदूत नवराज ढकालले अध्यक्ष यानलाई उनको कार्यकक्षमा मङ्गलबार भेटेर नेपाली उत्पादन सतहमार्गबाट तिब्बत ल्याउने, नेपाल जाने मालबाहक सवारी साधनको सङ्ख्या बढाउन तथा सहजीकरणका निम्ति गरेको आग्रहको जवाफमा उनले त्यस्तो आश्वासन दिएका हुन् ।

भेटका अवसरमा नेपालमा चिनियाँ लगानी प्रवद्र्धन, समसामयिक र द्विपक्षीय हितका विषयका साथै सडक, रेल, प्रसारण लाइनबाट सम्पर्क सञ्जार विस्तार गर्ने सम्बन्धमा महावाणिज्यदूत ढकालले तिब्बत सरकारको ध्यानाकर्षण गराएको ढकालले जानकारी दिए ।

पछिल्लो समय नाकामा चिनीको एकपक्षीय अवरोधका कारण नेपालले आवश्यकता अनुसार आयात गर्न पाएको छैन । व्यापारीहरूले यसलाई अघोषित नाकाबन्दीको संज्ञा दिने गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्