Skip to content
Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकले प्रदान गर्‍याे शैक्षिक सामाग्री

Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” अन्तर्गत यस बैंककोे सातदोबाटो शाखाले ललितपुर महानगरपालिका वडा नं. १४ लोहाचोक मा रहेको श्री चोईना विणा गुरु गणेश आधारभुत विद्यालयलमा विभिन्न आधारभुत शैक्षिक सामाग्री तथा खानेपानी को लागी आवश्यक उपकरण सहयोग स्वरुप प्रदान गरेको छ ।

विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भिम प्रसाद गेलाल एवं विद्यालय संचालक समितिका अध्यक्ष दिनेश अछामीले द्वयले महालक्ष्मी विकास बैंक लि. ले गरेको सहयोग प्रति आभार प्रकट गरे । यस किसीमको सहयोगले विद्यालय एवं बालबालिकाको शैक्षिक स्थरको बिकासमा टेवा पुग्न समेत प्रधानाध्यापक गेलालले बताए ।

सातदोबाटोका शाखा प्रबन्धक प्रसन्न सुबेदीलले बालबालिकाहरु राष्ट्र निर्माणका आधार भएको, बालबालिकाहरुको शैक्षिक अभिवृद्घीमा बैंक सधै कटिबद्घ रहेको जानकारी गरए ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्