Skip to content
Shikhar Insurance
National Life

कृषि विकास बैंकको क्युआर टेलर सेवाः अब चेक बिनै भुक्तानी

Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकले क्युआर टेलर सेवजा आरम्भ गरेको छ । बैंकको ५५ औं बार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कर्पोरेट बैंकिग कार्यालय रामशाहपथमा क्युआर टेलर सेवाबाट कारोबार आरम्भ गरेका हुन् ।

कार्यक्रममा उपमहाप्रवन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, ध्रुव चन्द्र गौतम, दिर्घ बहादुर अर्याल, बाबुकाजी थापा, विभागीय प्रमुखहरु अजय कुमार रिमाल, पप्पु बाबु श्रेष्ठ, सुन्दर प्रसाद खतिवडा, सरोज कुमार शाह तथा डिजिटल बैंकिग विभागका बरिष्ठ शाखा प्रमुख प्रज्वल भट्टराई लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । बैंकको मोवाइल र्बैकिग सेवा लिएका ग्राहकहरुले चेक बिना नै सहज तथा सुरक्षित रुपमा क्युआर टेलरबाट स्क्यान गरि आफ्नो खाताको रकम भुक्तानी लिन सक्नेछन् ।

बैंकले वित्त बजारका अन्य बैंक तथा वित्तीय संस्थाहरुसँंग प्रतिस्पर्धा गर्न परम्परागत बैंकिग गतिविधीका अतिरिक्त ग्राहकहरुको आवश्यकता अनुसारको अत्याधुनिक बैंकिंग सेवाहरु मोवाइल बैंकिङ्ग, अलर्ट बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, आन्तरिक रेमिटान्स, एजेन्सी रेमिटान्स, स्विफ्ट, कार्ड, एटिएम, इसिसि, आइपिएस, कनेक्ट आइपिएस, सि–आश्वा, डिम्याट लगायतका विभिन्न सेवाहरु व्यवस्थित, भरपर्दो तथा सुरक्षित रुपमा सञ्चालन गरिरहेको छ । साथै, क्युआर टेलरको सुविधाले नयाँ पुस्ताका ग्राहकहरु थप आकर्षित हुने बैंकको दावी छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्