Shikhar Insurance
National Life

उज्यालो संपद साकोसको सदस्य सेवा केन्द्र ब्रह्मखेलमा

सिंहदरबार संवाददाता
२०७८ माघ ३, सोमबार १७:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडले काठमाडौंको पुर्बि भेगको कागेश्वरी मनहरा नगरपालीको वडा नम्बर–४ ब्रह्मखेलमा सदस्यहरुको सुविधाका लागि सदस्य सेवा केन्द्र संचालनमा ल्यायको छ ।

सदस्य सेवा केन्द्रको उदघाटन कागेश्वरी मनोहरा नगरपालीका मेयर कृष्णहरि थापाले गरे । कार्यक्रममा शुभकामना दिदै थापाले पुर्बि भेगको अब्बल सहकारी बन्ने विस्वास बेक्त गरे । सदस्यको सेवामा दतचित्त भएर लागे संस्था सधै सफल हुने समेत उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सदस्य सेवा केन्द्रको उद्घाटनमा बोल्दै संस्था अध्यक्ष रमेशप्रसाद तिमल्सिनाले पूर्वी भेगका आफ्ना शेयर सदस्यहरुको सुविधालाई मध्यनजर गरी साकोसले सेवा केन्द्र विस्तार गरी कारोवार सञ्चालनमा ल्याएको बताए । संस्थाको नीतिअनुसार सदस्य बढी रहेका क्षेत्रमा यसरी नै सेवाकेन्द्र विस्तार गरिदै लैजाने बताए ।

संस्थाको कुल सदस्य संख्या २५६० जना, शेयर पुँजी ४ करोड ३९ लाख, बचत निक्षेप ३५ करोड, ऋण लगानी २९ करोड र कुल सम्पत्ति ४३ करोडको रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्