Shikhar Insurance
National Life

खुकुरी स्पाइस्ड रम बजारमा, कस्तो छ स्वाद ?

सिंहदरबार संवाददाता
२०७८ माघ ३, सोमबार ११:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको प्रिमियम रम ब्राण्ड ‘खुकुरी’ले नयाँ प्रोडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ ।

विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी ट्रिपल एक्स रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ । ‘खुकुरी ट्रिपल एक्स रम’ प्रिमियम वर्गको मदिरामा पर्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रमका पारखीहरुले ‘खुकुरी ट्रिपल एक्स रम’मा विभिन्न मसलाजन्य पदार्थको मिश्रण गरी त्यसलाई स्पाइस्ड बनाएर पिउने गरेका छन् । ग्राहकहरुको सोही चाहनालाई ध्यानमा राखी खुकुरीले उत्कृष्ट समीश्रणबाट तयार ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको हो ।

यसअघिका वर्षहरुमा जापान र कोरियामा ‘खुकुरी स्पाइस्ड रम’ निर्यात हुने गरेको थियो । त्यहाँ निकै नै रुचाइएको गुणस्तरीय उत्पादन नै अहिले नेपाली बजारमा ल्याइएको हो ।

यो नयाँ स्वादको रम बजारमा उतार्नुअघि नेपालका विभिन्न क्षेत्र र विशेष गरी बुटवल र भैरहवामा ट्रायल गरिएको थियो । विशेष गरी ‘खुकुरी स्पाइस्ड रम’ निट वा कोलासँग पिउन ग्राहकहरुले औधी मन पराएको सो क्रममा पाइएको थियो ।

प्रिमियम ‘खुकुरी ट्रिपल एक्स रम’को तुलनामा विभिन्न थप उत्कृष्ट पदार्थ प्रयोग हुने र उत्पादनको प्रक्रिया समेत लामो र केही फरक हुने भएकोले ‘खुकुरी स्पाइस्ड रम’को बजार मूल्य ‘खुकुरी ट्रिपल एक्स रम’को भन्दा केही बढी हुने उत्पादक कम्पनी ‘द नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभास लामिछानेले जानकारी दिए । ‘यो प्रिमियम क्याटेगोरीको विशेष उत्पादन हो । त्यसैले स्वाद र गुणस्तरमा अझ विशेष छ,’ महाप्रबन्ध लामिछानेले भने ।

विशेष रुपमा तयार गरिएको ‘स्पाइस्ड रम’ उत्पादन क्षमता र उत्पादन जटिलताले गर्दा सीमित परिमाणमा मात्र बजारमा जानेछ । चालु आर्थिक वर्षमा बढीमा ६ देखि ७ हजार केससम्म मात्र ‘स्पाइस्ड रम’ बजारमा पठाउन सकिने लामिछानेले जानकारी दिए । ‘स्पाइस्ड रम’को उत्पादन क्षमता आगामी वर्षदेखि भने बढाउन प्रयास गरिने उनको भनाई छ ।

‘आफ्ना ग्राहकहरुको अपेक्षाअनुसार यो नयाँ प्रडक्ट ल्याउन सफल हुँदा हामीलाई खुशी लागेको छ,’ उनले भने, ‘आगामी दिनमा पनि ग्राहकहरुका लागि सदैव उच्च गुणस्तरको रम उत्पादन गर्न हामी प्रतिबद्ध छौं ।’

GBIME

प्रतिक्रिया दिनुहोस्