Skip to content
Shikhar Insurance
National Life

एनआरएन र नेपालमा बस्ने विदेशीले कृषि बैंकमा अनलाइनबाटै डलर खाता खोल्न पाउने

Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकले गैरआवासीय नेपालीका लागि विदेशी मुद्राको बचत तथा मुद्धती खाताको प्रोडक्ट जारी गरेको छ । बैंकको आउँदो माघ ७ गते हुने ५५ औं वार्षिकोत्सवका अवसरमा अनलाइनबाट विदेशी मुद्राको खाता खोल्ने प्रणालीको शुरुवात पछि विदेशमा रहेका नेपालीहरुले अनलाइनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शून्य मौज्दातमा विदेशी मुद्राको खाता खोल्न सक्ने बैंकले जानकारी दिएको छ ।

यसबाट गैर आवासीय नेपाली तथा विदेशी मुद्रामा तलव भत्ता प्राप्त गर्ने नेपालमा रहेका विदेशी नागरिकले आफ्नै घर वा कार्यालयमा बसी बैंक खाता खोल्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ । बैंकले विकास गरेको प्रविधि अन्य बैंकले प्रयोग गरेको भन्दा अत्याधुनिक, सुरक्षित र सरल रहेको एवं खाता खोल्नको लागि बैंकको वेबसाइटमा पहुँच गरी खाता खोल्न सक्ने व्यवस्था मिलाएको शाखा व्यवस्थापन विभागका का.मु. विभागीय प्रमुख रुक्मिणी भट्ट उपाध्यायले जानकारी दिइन् ।

सरकारी बैंकहरुमा निक्षेप तथा कर्जाका सेवामा विविधिकरण गर्दै प्रतिस्पर्धि वित्तीय वजारमा दिगो सेवा विस्तार गर्न कृषि विकास बैंक लागि परेको छ । यो सुविधाबाट विदेशी मुद्रामा स्वदेश तथा विदेशबाट खाता खोल्न सकिनेछ ।

विदेशबाट शुन्य मौज्दातमा खाता खोली स्विफ्ट मार्फत रकम पठाई खातामा जम्मा गर्न सकिने व्यवस्था बैंकले गरेको छ । विदेशी मुद्राको खातामा प्रदान गरिने ब्याजमा समेत यो कृषि विकास बैंक अन्य बैंक भन्दा अगाडी रहेको छ ।

हालका लागि विदेशी मुद्राको मुद्धती खातामा ५.५ प्रतिशत र बचत खातामा ४.७५ प्रतिशत ब्याज दिन सकिने कुरा बैंकले प्रकाशित गरेको ब्याजदर सम्वन्धि सुचनामा उल्लेख गरेको छ । यस अघि रेमिट्यान्स बचत खाता र रेमिट्यान्स मुद्धती खाता समेत सुरु गरी सेकेको र रेमिट्यान्स बचत खातामा ७.१० तथा रेमिट्यान्स मुद्धती खातामा ११.०५ प्रतिशत ब्याज प्रदान गरिरहेको बैंकले जनाएको छ । यसका साथै विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाउने प्रयोजनका लागि विदेशबाटै अनलाइनका माध्यमबाट नेपाली मुद्रामा बचत तथा मुद्धती खाता खोल्न सकिनेछ ।

कृषि विकास बैंक लिमिटेडका सेवाहरु विविधिकरण गरी आधुनिक तथा नयाँ ग्राहक आकर्षित गर्दै व्यवसाय विस्तार गर्न बैंक आक्रामक रुपमा प्रस्तुत भएको छ । वर्तमान प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकको नेतृत्व सम्हाले देखिनै बैंकले प्रविधिमा आधारीत सेवा प्रवाहमा जोड दिएको छ ।

अनलाइनका माध्यमबाट समेत खोल्न सकिने उक्त खाताहरु सुरुवात भएपश्चात देशमा विदेशी मुद्राको सञ्चित वृद्धि हुने तथा बैंकको निक्षेपमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ । बैंकका सबै जसो सेवाहरुमा सूचना प्रविधिको प्रयोग भइरहेको छ । प्रविधिको विकाससँगै ग्राहकलाई प्रदान गर्ने सेवा सुविधामा सरलीकरण गर्न र बैंकले प्रदान गर्ने सेवालाई समय सापेक्ष र ग्राहक मैत्री बनाउदै बैकिङ्ग कारोवारको दायरा फराकिलो वनाउन बैंक सधै दत्तचित रहेको हाल बैंकर्स एसोसियसन समेतको नेतृत्व सम्हालेका बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्