Shikhar Insurance
National Life

यसरी भयो नबिल बैंकले नेपाल बंगलादेश ‘प्राप्ति’ गर्ने सम्झौता, वित्तीय सूचकांकमा झन् अब्बल बन्नेछ नबिल

सिंहदरबार संवाददाता
२०७८ पुष २९, बिहीबार १९:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ । दुवै बैंकले संयुक्त मर्जर/एक्विजिसन सम्बन्धी समिति गठन गरी उक्त समितिले सिफारिश गरे बमोजिम आज बसेको दुवै बैंकको सञ्चालक समितिको बैठकले उक्त एक्विजिसन (प्राप्ति) सम्बन्धी सम्झौता सर्वसम्मतिले पारित गरेका थिए ।

एक्विजिसन सम्बन्धी प्रकृया अगाडि बढाउन नबिल बैंकको तर्फबाट सञ्चालक उदय कृष्ण उपाध्यायको संयोजकत्वमा नबिल बैंकका सञ्चालक आशा राणा अधिकारी तथा सञ्चालक अनन्त पौड्याल सदस्य थिए । नेपाल बङ्गलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम सरवर, सञ्चालक इन्द्र बहादुर थापाको , सञ्चालक अमन शाह र सदस्य सचिव मा नबिल बैंकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहने गरी संयुक्त मर्जर/एक्विजिसन कमिटि बनेको थियो । नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती गर्नको लागि भएको समझदारी पत्र अनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता सेयर बराबर नबिलको ४३ कित्ता हुने गरी सेयर आदानप्रदान अनुपात कायम भएको जनाएका छन् । उक्त प्रारम्भिक सेयर आदान प्रदान अनुपात सम्पत्ति दायित्व मूल्याङ्कन प्रतिवेदनको मूल्याङ्कन लाइ समेत आधार मानी अन्तिम रुपमा तय हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्झौतापत्रमा नबील बैंकको तर्फबाट उदय कृष्ण उपाध्यायले हस्ताक्षर गरे भने नेपाल बङ्गलादेश बैंकका तर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरे ।

दुबै बैंकले नेपाल राष्ट्र बैंक ले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको निती र बैंकहरुको दिर्घकालीन रणनैतिक योजना समेत लाई मध्यनजर गर्दै सम्झौता गरेर अघि बढेका छन। ब्राण्डका हिसाबले अग्रणी स्थानमा रहेको नबिल बैंकले गैरकोषमा आधारित व्यवसायमा अग्रणी नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति पश्चात बैंक बाणिज्य बैंक हरुमा सबै सुचकांक हरुमा अग्रणी हुने बताइएको छ ।

बैंकहरुले प्राप्ति कार्य पाँच महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन् । नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति पश्चात बैंकको प्राथमिक पुँजी ४३ अरब, चुक्ता पुँजी २२.५ अर्ब, कर्जा रकम रु. ३०० अर्ब, निक्षेप रु. ३१४ अरब हुनेछ । गैरकोषमा आधारित व्यवसायको आकार रु १३० अरब माथि हुनेछ । शाखा संजाल तत्कालै २३५ पुग्नेछन । ग्राहक संख्या १६ लाख माथी हुनेछ । नबिल बैंकले दिगो बैकिङ्गलाई समेत केन्द्र विन्दुमा राखेर आफ्नो व्यावसायलाई अघि बढाएको छ भने डिजीटल बैकिङ लाई समेत ग्राहकको आवश्यकता अनुरूप अघि बढाउँदै लिएको छ ।

बिहीबार काठमाण्डौँमा सम्पन्न सो सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत सहित दुवै बैंकका सञ्चालक तथा उच्च पदस्थ पदाधिकारीको उपस्थिति रहेको दुवै बैंकले जनाएका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्