काठमाडौं । नबिल बैंकको सञ्चालक समितिले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैंकको सञ्चालक समितिले एनबी बैंकसँग बिग मर्जरमा जाने निर्णय गरेको हो ।
अर्कातर्फ नेपाल बैंगलादेश बैंकको पनि बोर्ड बैठक चलिरहेको छ ।
एनबी बैंकलाई नबिल ४३ रुपैयाँमा खरिद गर्दै, आज साँझ ४ बजेपछि एमओयू !
दुवै बैंकको सञ्चालक समितिले निर्णय गरेपछि आजै नबिल बैंकमा एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ ।
स्रोतका अनुसार नबिल बैंकले १००:४३ को अनुपातमा एनबीलाई एक्वायर गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्