Shikhar Insurance
National Life

आईएफआईसीलाई उच्च अदालतको प्रश्नः एनबी बैंकको सेयर मोती दुगडलाई किन नबेचेको ?

सिंहदरबार संवाददाता
२०७८ पुष २८, बुधबार ११:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । पाटन उच्च अदालतले बंगलादेशको आईएफआईसी बैंकलाई नेपाल बंगलादेशमा रहेको स्वामित्व बेच्ने सम्झौता अनुसार नबेच्नुको कारण सोधेको छ । मोतीलाल दुगडसँग सन् २०२१ अप्रिल २ तारिखमा भएको सम्झौता अनुसार ९ महिनासम्म पनि सेयर नबेच्नुको कारण अदालतले सोधेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सनराइज बैंकका अध्यक्ष तथा एमभी ग्रुपका अध्यक्ष दुगडले नेपाल बंगलादेश बैंकको ३ करोड ६८ लाख कित्ता सेयर बेच्ने सम्झौता गरेको भएपनि आफूलाई नबेचेर नेपालकै धनाढ्य बिनोद चौधरीकी पत्नीलाई बेच्न ठीक्क परेको भन्दै उच्च अदालत पाटनमा मुद्दा हालेका थिए ।

दुगडले पुस २१ गते उच्च अदालत पाटनमा दर्ता गरेको दुई वटा रिटमाथि पुस २२ गते न्यायाधीश नीलम पौडेलको एकल इजलाशले सेयर बिक्री गर्न तयार भएको बंगलादेशी बैंक आईएफआईसीलाई कारणसहित उपस्थित हुन आदेश दिएको छ । अदालतले अन्तरिम आदेशका दिने नदिने सम्बन्धमा दुवै पक्षलाई हिजो बोलाएको थियो ।

उच्च अदालतका मुख्य न्यायधीश नृपध्वज निरौला र न्यायधीस नारायणप्रसाद पौडेको संयुक्त पेशी तोकिएकामा निवेदक दुगडको वकिलले स्थगित गराएका छन् ।

आफूसँग गरेको सम्झौता तोडेर थाहै नदिइ एनबी बैंकमा रहेको सेयर सेयर बिनोद चौधरीलाई बेच्न तयार भएपछि एमभी ग्रुपका अध्यक्ष मोतीलाल दुगद आईएफआईसी बैंकविरुद्ध अदालत पुगेका हुन् । सन् २०२१ अप्रिल २ तारिखमा दुगडसँग सेयर बेच्ने सम्झौता गरेको आईएफआईसीले दुगडलाई ९ महिना झुलाएर डिसेम्बर ३० तारिखमा बिनोद चौधरीलाई सेयर बेच्ने अर्को सम्झौता गरेको समाचार बाहिरिएको थियो ।

व्यवसायी दुगड सनराइज बैंकका अध्यक्ष हुन् । एनबी बैंकको सेयर किनेर सनराइज–एनबी बिग मर्जरको सपना देखेका दुगडलाई आईएफआईसीले छारो हालेपछि उनी अदालत धाउन बाध्य भएका हुन् ।

नेपालका एकमात्र अर्बपति एनबीको सेयर श्रीमती सारिका चौधरीको नाममा किनेर एनबीलाई नबिल बैंकमा मर्जर गराउन चाहन्छन् । तर, अर्का धनाढ्य दुगड लिखित सम्झौता गरेर आफूलाई धोका दिएको भन्दै अदालत पुगेका हुन् ।

आईएफआईसीले आफूसँग गरेको सम्झौताबारे दुगडले राष्ट्र बैंकमा पनि जानकारी गराइसकेका छन् ।

आईएफआईसीले आफूसँग छलफल नै नगरी वा सम्झौता भंग नगरी चौधरी ग्रुपका अध्यक्षपत्नीलाई सेयर बेच्ने टुंगो लगाएको समाचार बाहिएपछि आफूमाथि अन्याय भएको भन्दै दुगड अदालत पुगेका हुन् ।

९ महिना आईएफआईसीले दुगडलाई आलटाल गर्दै आएको थियो । काम हुँदैछ भनेर आईएफआईसीले समय लम्ब्याइरहेको थियो ।

तर, आईएफआईसीले जनवरी ३० तारिखका दिन ढाका स्टक एक्स्चेन्जलाई पत्र लेख्दै नेपाल बंगलादेश बैंकमा रहेको आफ्नो स्वामित्व बेच्ने प्रक्रिया थालनी भइसकेको जानकारी गराएको थियो । तर, कसलाई बेच्ने भने खुलाइएको छैन ।

यसबीचमा सो सेयर चौधरीपत्नी सारिकाले किन्ने तय भएको समाचार बाहिरिएको थियो ।

यसबारे दुगडले आईएफआईसीलाई जानकारी मागेपनि बंगलादेशी बैंकले जवाफ पठाएन । आफूसँग सम्झौता गरी अर्कोलाई सेयर बेच्न तयार भएको बुझेपछि दुगडले एक साताअघि उच्च अदालतमा मुद्दा हालेका हुन् ।

दुगडसँग गरेको सम्झौतामा बंगलादेशी बैंकका अध्यक्षले हस्ताक्षर गरेका थिए जसको प्रति दुगडले नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयमा पनि बुझाएका छन् । दुगडले नेपाल बंगलादेश बैंकको सञ्चालक समितिमा पनि यसबारे जानकारी गराएका थिए । कसैबाट प्रतिक्रिया नपाएपछि आफूमाथि छलकपट भएको दुगडको बुझाइ छ ।

नेपाल राष्ट्र बैंकले बिग मर्जरलाई प्रोत्साहन दिएपछि वाणिज्य बैंकहरू पार्टनर खोज्ने क्रममा छन् । सानो व्यावसायिक आकार, आकर्षक प्रतिफल, सन्तुलित वित्तीय सूचकांक भएकाले एनबी सबैको च्वाइस बनेको छ ।

अर्कातर्फ बैंकमा सबैभन्दा बढी स्वामित्व भएको बंगलादेशी बैंक आईएफआईसी सेयर बेचेर बाहिरिन चाहेको छ ।

नेपाल बंगलादेश बैंक ४० प्रतिशत सेयरको मालिक बंगलादेशी बैंक आईएफआईसी नेपालमा व्यावसायिक भविष्य छैन भन्दै देश छाड्न लागेको चौधरी ग्रुपलाई शेयर बिक्री गर्न लागेको हो ।

गत असारमै आईएफआईसी स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंकको ३ करोड ६८ लाख कित्ता सेयर बेच्न बैंकले बेच्ने सार्वजनिक सूचना निकालेको थियो । तर, उतिबेला सो सेयर बिक्री भएन । त्यसयता आईएफआईसी खरिदकर्ता खोज्ने क्रममा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्