Skip to content
Shikhar Insurance
National Life

पश्चिमा संस्कृतिको प्रभावमा पर्नु हुन्नः मन्त्री रेग्मी

Hyundai
NCELL
NIMB

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले पश्चिमा संस्कृतिको प्रभावमा नपर्न आग्रह गरेकी छन्। काठमाडौंमा आयोजित हिमालय अन्तराष्ट्रिय अवार्ड कार्यक्रममा मन्त्री रेग्मीले संस्कृति नेपालको पहिचान भएकोले कलाकर्मी लगायत सबै नागरिकले यसको जगेर्ना गर्न बिशेष जोड दिनुपर्ने बताइन् ।

उनले अवार्डबाट सम्मानित विभिन्न व्यक्तित्वलाई बधाई तथा शुभकामना दिइन। ‘सरकारले आफ्नो संस्कृतिलाई बिशेष महत्व दिने भएकैले विभिन्न चाडपर्वमा सार्वजनिक बिदा समेत दिने गरिएको छ,–‘मन्त्री रेग्मीले भनिन्,‘पछिल्लो पुस्तामा पश्चिमा संस्कृतिको प्रभाव बढि देखिएकोले हाम्रो मौलिकता नै हराएर पो जाने त होईन भन्ने चिन्ताको विषय छ ।’ उनले यसका लागि सबै सचेत हुन अनिवार्य रहेको उल्लेख गरिन् ।

पृथ्वी जयन्तीको शुभकामना दिँदै मन्त्रि रेग्मीले सबै कलाकर्मीको उज्ज्वल भविष्यको कामना गरेकी छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE