काठमाडौं । सिटिजन्स बैंकले गण्डकी प्रदेशको सिमलचौर (पोखरा) शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ । यसअघि काठमाडौंको नारायणहिटी र कमलादी, लुम्बिनी प्रदेशको कालिकानगर, प्रदेश नंं. १ को विराटनगर र बिर्तामोड तथा प्रदेश नंं.२ को राजविराज शाखामा प्रिभिलेज काउन्टर राखेकामा पोखरामा नयाँ काउन्टर सञ्चालनमा ल्याएको हो ।
नयाँ प्रिभिलेज काउन्टरको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले गरे । आगामी दिनमा अन्य प्रदेशहरुमा समेत यस्ता थप विशेष बैंकिङ्ग सेवाहरु प्रदान गर्ने योजना बैंकको रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्