Skip to content
Shikhar Insurance
National Life

लकडाउन कुनै हालतमा हुँदैन, माघभित्रै तरलता समस्या अन्त्य हुन्छः अर्थमन्त्री

Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशमा अब लकडाउन नहुने बताएका छन् । कोरोना महामारीको अर्को लहर चलेसँगै भिडभाडमा कडाइ गरिएको भएपनि सरकार लकडाउनको पक्षमा नरहेको मन्त्री शर्माले बताए ।

बैंक तथा वित्तीय संस्था परिसंघको दोस्रो वार्षिक साधारणसभामा बोल्दै मन्त्री शर्माले सुरक्षित हुने उपाय अबलम्बन गरिए पनि लकडाउन नगरिने दाबी गरे ।

“सुरक्षित हुने उपाए अपनाउनु पर्छ तर लकडाउनको बाटो अपनाउने छैनौं,” शर्माले भने, “अब पनि लकडाउन गर्दा अर्थतन्त्रले थेग्न सक्दैन ।”

मन्त्री शर्माले आयात थप रोक्ने नीति थप ल्याउने तयारी गरिरहेको सुनाए । सँगै उद्योग र बैंकलाई नकारात्मक प्रभाव परेका नीति संशोधन हुने उनको भनाइ छ । मन्त्री शर्माले बैक र उद्योगीले उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने बताउँदै बैंकको कर घटाउन छलफल गरिने तर संकटमा पनि नाफा कमाउनु पर्छ भन्नु मान्यताबाट बैंक चल्नु नहुने बताए ।

मन्त्री शर्माले अर्थतन्त्रमा चाप र दवाब भएपनि खराब नै भने भइनसकेको बताए ।

उनले तरलताको संकट माघ महिनाभित्र सकिने दाबी गरे । “यसका लागि आवश्यक कदम चाल्नेबारे अर्थ मन्त्रालयले योजना अघि बढाइसकेको छ,” शर्माले भने, “पुँजीगत हुन नसक्नु समस्या हो । तर, अर्थ मन्त्रालयमात्र खर्च गर्नु नसक्नुको कारण हैन, अर्थले पुँजीगत खर्च गर्ने हैन, समन्वय मात्र गर्ने हो ।”

२ वर्षसम्म रोकिएको लगानी र लगानीकर्ता निसास्सिएको कारण कर्जाको माग ह्वात्तै भएकाले हालका लागि लगानीयोग्य रकम अभाव भएको उनले सुनाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्