Skip to content
Shikhar Insurance
National Life

नबिल बैंक प्रस्तुत गर्दछ नेपालकै पहिलो ‘कृषि कर्जा मेला’

Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकको सहकार्यमा नेपालमै पहिलो पटक “कृषि कर्जा मेला” तथा “कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद” आयोजना हुने भएको छ । बैंकसँग सहकार्य गरी आर. एण्ड. डी. इनोभेटिभ सोलुसन्सले चितवनमा यस्तो कार्य गर्न लागेको हो ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघले आगामाी माघ ५ देखि ८ गते सम्म चितवन एक्स्पो सेन्टर, नारायणगढमा पाँचौं राष्ट्रिय कृषि यन्त्रीकरण प्रदशनी गर्दै छ । त्यसमा “कृषि कर्जा मेला” तथा “कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद” को आयोजना हुने भएको हो । कृषि सम्बन्धि सम्पूर्ण सरोकारवालाहरू जस्तै किसान, उद्यमी, कृषि व्यापारी, प्रविधि प्रदायक, वित्तीय संस्थाहरु र नीति निर्माताहरूलाई एउटै थलोमा ल्याउने उक्त मेलाको प्रमुख उदेश्य रहेको छ ।

नबिल बैंकद्वारा प्रस्तुत हुन गईरहेको उक्त मेलाको प्रमुख आकर्षण “कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद” कार्यक्रममा कृषि लगानी सम्बन्धि समस्याहरू समाधान गर्न वित्तीय संस्था, नीति निर्माता, किसान र स्थानीय सरकारहरू बीचको व्यावहारिक अनुभवका आधारमा खुला र रचनात्मक छलफललाई प्राथमिकता दिइने रहेको छ ।

उक्त सहकार्यका लागि नबिल बैंक लिमिटेको तर्फबाट साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभाग प्रमुख निरज कुमार बस्नेत (डनिल) र आर. एण्ड. डी. इनोभेटिभ सोलुसन्स् प्रा. लि. का तर्फबाट अध्यक्ष सुनिता न्हेम्हाफुकीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कृषि कर्जा मेलामा आयोजना हुन लागेको “कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद” को प्रस्तुति गर्न पाउँदा नबिल बैंक गौरवान्वित भएको निरज कुमार बस्नेत (डनिल) ले बताए । उक्त संवाद कार्यक्रममा कृषि क्षेत्रका सबै सरोकारवालाहरूलाई एउटै थलोमा रहेर बैंकिङ संस्थाको कर्जा आवेदन प्रक्रिया र कार्यविधि, किसानहरूले भोग्ने समस्या र नीति नियम बीचको अन्तर, किसानहरू, उद्यमीहरू र कृषि व्यापारीहरूको वास्तविक आवश्यकता पूरा गर्न आवश्यक नीतिहरू परिमार्जन गर्न नियामक संस्थाहरूको विचार सम्प्रेषण गर्ने वातावरण तथा अवसर प्रदान हुनेछ ।

न्हेम्हाफूकीले भनिन्, “सबै बैंक/वित्तीय संस्था एकै थलोमा, बुझौं र बुझाऔं कृषि कर्जाको बारेमा” भन्ने हाम्रो प्रयासलाई नबिल बैंकका साथले सम्रग कृषिमा वित्तीय पहुँच पुर्याउने कामको लागि यस सहकार्य कोसेढुंगा साबित हुनेछ ।” नेपालमा नै पहिलो पटक हुन लागेको यो मेलाले कृषिमा देखिने गरेर परिबर्तन ल्याउनेछ भन्नेमा आफू विश्वस्त रहेको उनले बताइन् ।

सन् १९८४ मा स्थापित नबिल बैंकले १३५ शाखा, १८८ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्