Skip to content
Shikhar Insurance
National Life

कामना सेवा विकास बैंक र नमस्ते पेबीच अनलाइन भुक्तानीको लागि साझेदारी

Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंक र नमस्ते पेबीच नेपाल दूरसञ्चार कम्पनीको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेत र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

अब बैंकको मोबाइल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा रहेको रकम मोबाइल बैकिङ मार्फत नमस्ते पे मा फण्ड लोड गरी क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, विद्युतय महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुको सुविधा लिन सक्ने भएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्