Shikhar Insurance
National Life

उपभोक्ताबाट भ्याट उठाएर राज्यलाई नबुझाउनेको ३५२ व्यवसायीलाई सरकारको १५ दिने अल्टिमेटम

कोको परे ?
सिंहदरबार संवाददाता
२०७८ पुष २५, आईतवार ११:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले सरकारले उपभोक्ताबाट भ्याट उठाएर राज्यलाई नबुझाउनेको सूची सार्वजनिक गरेको छ । आइतबार आन्तरिक राजश्व विभागले कर नतिर्ने ३५२ वटा कम्पनी तथा फर्मलाई सार्वजनिक सुचनामार्फत् पुस मसान्त भित्र बक्यौता कर भुक्तान ताकेता लगाएको हो ।

५ लाख रूपैयाँ भन्दा मूल्य अभिवृद्धि कर (भ्याट) नतिर्ने कम्पनी तथा फर्मको नाम तथा कर बक्यौता रकम सावैजनिक गर्दै विभिागले तोकिएको समयमा भुक्तान नगरेको कानुन बमोजिम कारवाही गरिने उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनीहरूलाई पटक पटक कर तिर्न ताकेता गरिँदा पनि नमानेपछि सार्वजनिक सूचना निकालेर कर तिर्ने अल्टिमेटम दिएको हो । जसअनुसार १५ दिनभित्रै तिरिसक्न भनिएको छ ।

सूचीमा निर्माण कम्पनी, सञ्चारगृह, उद्योगलगायत ३५२ कम्पनी छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्