Skip to content
Shikhar Insurance
National Life

२७ करोड रुपैयाँबाट नबिलसँग एनबीले यसरी बढाउँदैछ स्वाप रेसियोमा बार्गेनिङ

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बंगलादेश बैंकमा रहेको आईएफआईसीको ४१ प्रतिशत सेयर चौधरी ग्रुपले खरिद गरेसँगै नबिल बैंकसँग मर्जरमा जाने चर्चाले एक चरणको आधिकारिकता पाइसकेको छ । नबिल बैंकको मुख्य लगानीकर्ता चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीका श्रीमती सरिका चौधरीले गत पुस १५ गते खरिद सम्झौता गरेको हो ।

बजारमा नबिलले एनबी बैंकलाई मर्जरमा दिने सेयर मिलन अनुपात (स्वाप रेसियो) बारे विभिन्न अड्कालबाजी छ भने, एनबी बैंकका सञ्चालकहरुले समेत नबिलसँग स्वाप रेसियोमा बार्गेनिङ गरिरहेका छन् ।

एनबी बैंकले गत आवदेखि नै मर्जरको लागि सनराइज बैंक र नबिल बैंकसँग बार्गेनिङ गरिरहेको थियो । तर, आईएफआईसीको ४१ प्रतिशत सेयर चौधरी ग्रुपले खरिद गरेपछि एनबीलाई नबिल बैंकले नै खरिद गर्ने पक्का भइसकेको छ ।

बजारमा एनबीलाई नबिलले ४० देखि ४५ देखि रुपैयाँसम्म खरिद गर्न सक्ने अड्कलबाजीका समाचारहरु आइरहेका छन् । भने स्वयम् एनबी बैंकका सञ्चालकहरु समेत आफुलाई नबिलले ५० रुपैयाँसम्म दिन पर्ने कारण पुष्ट्याउँछन् ।

मर्जरका लागि स्वाप रेसियोको चरम बार्गेनिङ गरिरहेको एनबीलाई बीमा समितिले सहज बनाइदिएको छ । समितिले बिहिबार जारी गरेको बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका (पहिलो संशोधन), २०७८ ले एनबीको संस्थागत सेयर बिक्री गरी स्वाप रेसियो बढाउन मद्दत पुगेको हो ।

स्वाप रेसियोमा बार्गेनिङ गर्न मर्जर अघि ३२ करोडको सेयर बेच्न एनबिको दौडधुप

अर्थात् एनबीले आईएमई जनरल इन्स्योरेन्स (आईजीआई)मा रहेको सेयर बेच्न पाउने भएको छ । एनबीले पोलिसी लबिङ गरेर स्वाप रेसियोमा बढोत्तरी गर्ने अतिरिक्त २७ करोड रुपैयाँ व्यवस्था गरेको हो ।

दोस्रो बजारमा बिहीबारको मूल्य अनुसार २ लाख ५६ हजार ९ सय ३६ कित्ता सेयरको मूल्य २७ करोड १३ लाख २४ हजार ४ सय १६ रुपैयाँ हुन आउँछ ।

समितिले गरेको व्यवस्थाले डीडीएमा सम्पती थप गर्न मद्दत पुगेको एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना बताउँछन् ।

‘त्यो समय हामीले पब्लिकमा गएको संस्थापक सेयर बिक्री गर्न लागेका थियौं, तर समितिले स्वीकृत नदिएकाले रोकिएको थियो,’ सीईओ ढुंगानाले सिंहदरबारसँग भने, ‘अहिलेको बजार मूल्य अनुसार सो सेयर बिक्री गर्दा एनबी बैंकलाई डीडीए गराउँदा करिब २९/३० करोड रुपैयाँ थप हुन्छ ।’

आईजीआईमा एनबी बैंकको २ लाख ५६ हजार ९ सय ३६ कित्ता सेयर छ । सो सेयर बैंकले दोस्रो बजारमा चलिरहेको मूल्यमा बेच्न पाउँछ । यद्यपि आफूले बीमा समितिको निर्देशन नहेरेको हुँदा जारी निर्देशिकाको व्यवस्थाले कति संस्थापक सेयर बिक्री गरी डीडीए गराई सम्पती थप गर्न सकिने एकीन नभएको उनले बताए ।

समितिको नयाँ निर्देशिका
यस अघिसम्म सञ्चालकले आफ्नो पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही बीमकको कुनै पनि प्रकारको सेयर डिबेन्चर खरिद बिक्री गर्न नपाउने व्यवस्था ‘बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका, २०७५ ले गरेको थियो । तर समितिले सो निर्देशिकालाई संशोधन गर्दै बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका (पहिलो संशोधन), २०७८ जारी गर्दै बेच्न दिने बाटो खुला गरेको छ ।

व्यवस्थाअनुसार सञ्चालक पदमा संस्थागत प्रतिनिधित्व भएको सञ्चालकको हकमा सञ्चालकको हकमा सञ्चालक नियुक्त गर्ने संस्थागत सेयरधनीले बीमा समितिको स्वीकृति लिई खरिद बिक्री गर्न बाधा पर्ने छैन ।

संस्थागत प्रतिनिधित्व गर्ने सञ्चालकको हकमा सेयर खरिद बिक्री सम्बन्धि व्यवस्था स्पष्ट गर्नुपर्ने भएकोले सो व्यवस्था गरिएको समितिले उल्लेख गरेको छ ।

आईएमई जनरलको साढे दुई लाख कित्ता सेयर बेच्दै नेपाल बंगलादेश बैंक

GBIME

प्रतिक्रिया दिनुहोस्