Skip to content
Shikhar Insurance
National Life

नेपाल बीमक संघको अध्यक्ष र उपाध्यक्षमा क्षेत्रीद्वय निर्वाचित

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री र उपाध्यक्षमा विरेन्द्र बैदवार क्षेत्री निर्वाचित भएका छन् । संघको २०औं साधारण सभाले उनीहरुलाई निर्विरोध चयन गरेको हो ।

नव निर्वाचित अध्यक्ष सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् भने उपाध्यक्ष क्षेत्री सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।

नेपाल बीमक संघ निर्जीवन बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन हो ।

संघको सभामा महासचिवमा नेको इन्स्योरेन्सका सीइओ अशोक कुमार खड्का, कोषाध्यक्षमा आइएमई जनरल इन्स्योरेन्सको सीईओ युगेशभक्त बादे, सदस्यहरुमा प्रभु इन्स्योरेन्सका सीइओ संचित ब्रजाचार्य, राष्ट्रिय बीमा कम्पनीका कामु सिईओ सुभाष कोइराला, अजोड इन्स्योरेन्सका सिईओ कुमार खत्री, ओरियन्टल इन्स्योरेन्सका बिनोद घाते, जनरल इन्स्योरेन्स कम्पनीका रामचन्द्र श्रेष्ठ चयन भएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्