Skip to content
Shikhar Insurance
National Life

उधारो बीमा र अभिकर्ता कर्जा सधैंका लागि बन्द

Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा समितिले अभिकर्ता कर्जा र उधारो बीमा सधैंका लागि बन्द गराएको छ । बीमा समितिले बिहिबार बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिकाको पहिलो संशोधन गर्दै सो व्यवस्था गरेको हो ।

बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७५ ले कर्मचारी सेवा शर्त विनियमावलीमा व्यवस्था भए बमोजिम बीमकले आफ्नो कर्मचारीलाई सापटी र जीवन बीमा व्यवसाय गर्ने बीमकले आफ्नो बहालवाला अभिकर्तालाई समितिले समय समयमा तोके बमोजिम कर्जा दिन यस व्यवस्थाले बाधा नपुग्ने व्यवस्था थियो ।

समितिले बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका (पहिलो संशोधन) २०७८ जारी गर्दै जीवन बीमा व्यवसाय गर्ने बीमकलाई बहालवाला अभिकर्तालाई कर्जा दिन पाउने व्यवस्था खारेज गरेको हो ।

संशोधित निर्देशिकामा भनिएको छ, ‘कर्मचारी सेवा शर्त विनियमावली व्यवस्था भए बमोजिम बीमकले सापटी कर्जा यस व्यवस्थाले बाधा पुर्‍याएको मानिने छैन ।’

अभिकर्ता फकाउन गैरकानुनी रुपमा बीमा कम्पनीले दिए अर्बौ ऋण, समितिको निर्देशनको ठाडो अवज्ञा !

पुरानो बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिकामा गरिएको व्यवस्थाअनुसार चेकमार्फत् बीमाशुल्क भुक्तानी गर्ने व्यक्तिको रकम बढीमा सात कार्यदिन भित्र बीमकको खातामा जम्मा गर्दा हुन्थ्यो । तर, समितिले सो व्यवस्थालाई संशोधन गर्दै उधारो बीमा निरुत्साहित गर्न भन्दै चेकको रकम बीमकको खातामा जम्मा नभएसम्म बीमा लेख जारी गर्न नपाउने व्यवस्था गरेको छ ।

बीमा समितिले गर्यो आधा दर्जन कम्पनीमा स्थलगत निरिक्षण, उधारो बीमाको बिगबिगि

‘अब डिस्काउन्ट र क्यास ब्याक दिने, उधारो बीमा गर्ने कम्पनीहरुको कारोबार रोक्का गर्छाै’

उधारो व्यापार नगर्न जीवन बीमा कम्पनीहरूलाई बीमा समितिको निर्देशन

GBIME

प्रतिक्रिया दिनुहोस्