Skip to content
Shikhar Insurance
National Life

ललिता निवासको मुख्य योजनाकार ढकाल बनाउँथे नक्कली भ्याट बिल, १ अर्ब २० करोड कर छली

Hyundai
NCELL
NIMB

काठमाडौं । बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने मुख्य योजनाकार शोभाकान्त ढकालले नक्कली भ्याट बिल बेच्ने गरेको पाइएको छ । राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा ढकाल प्रोप्राइटर रहेको आनसान इन्टरनेसनल नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर (भ्याट) विवरण, वित्तीय विवरण तथा आय विवरण तयार गरेर कारोबार नै नभएको देखाई अर्थात कारोबार शुन्य देखाई आयकर तथा भ्याट छल्ने पाइएको हो ।

विभागले मंगलबार राजस्व चुहावटको आरोपमा ढकालसहित ५ जनाविरूद्ध उच्च अदालत पाटनमा मुद्दा हालेको छ । विभागले ढकालको कम्पनी आनसान इन्टरनेसनल र सो को लेखा परीक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

विभागको मुद्दा ढकालसहित सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ तथा राजेश्वर एन्ड कम्पनीविरूद्ध छ । यी ५ जनाविरुद्ध विभागले १ अर्ब २० करोड ४९ लाख १७ हजार ८ सय २४ रुपैयाँ राजस्व छली गरेको आरोप त्यति बिगो कायम गरी त्यति नै जरिवानाको मागसहित उच्च अदालतमा मुद्दा हालेको हो । ती व्यक्तिविरूद्ध २ अर्ब ४१ करोड रुपैयाँ असुल गर्न र ३ वर्ष जेल सजाय गर्न माग गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्