Shikhar Insurance
National Life

आईएफआईसीले भन्योः एनबी बैंकको सेयर बेच्ने सम्झौता खरिदकर्तासँग भइसक्यो

सिंहदरबार संवाददाता
२०७८ पुष २०, मंगलवार १०:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बंगलादेश बैंकमा रहेको बंगलादेशी बैंक आईएफआईसीले आफ्नो सेयर बिक्री सम्झौता गरिसकेको छ । आईएफआईसी एनबी बैंकमा रहेको आफ्नो ४०.८१ प्रतिशत सेयर चौधरी गु्रपलाई डिसेम्बर ३० तारिखमै बिक्री गर्ने सम्झौता गरेको हो ।

आईएफआईसीले सुचना सार्वजनिक गर्दै भन्योः एनबी बैंकको सेयर बेच्ने सम्झौता खरिदकर्तासँग भइसकेको जानकारी दिएको छ । उक्त सेयर नबिल बैंकको ठुला लगानीकर्ता चौधरी गु्रपका अध्यक्ष सारिका चौधरीको नाममा खरिद सम्झौाता भएको नबिल बैंक सम्बद्द स्रोतले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आईएफआईसीका कम्पनी सचिव मोहम्मद मोकाम्मल हकले बैंकको सञ्चालकहरूको निर्देशनमा सरोकारवालाको नाममा यस्तो सूचना सार्वजनिक गरेका हुन् । तर, प्राइस सेन्सेटिभ इन्फर्मेसन भनेर निकालिएको सूचनामा सेयर कसलाई र कति मुल्यमा बेच्न लागिएको हो भन्ने खुलाइएको छैन ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्