Shikhar Insurance
National Life

योगेश भट्टराईको पहलमा नारायणहिटी दरबारमा रेष्टुरेन्ट

सिंहदरबार संवाददाता
२०७८ पुष २०, मंगलवार ०९:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्व पर्यटन मन्त्री तथा एमाले सचिव योगेश भट्टराईको अथक प्रयासपछि नारायणहिटी दरबार संग्रहालयमा व्यापारी पसेका छन् ।
पशुपति धर्मशालामा होटल सञ्चालन गर्दै आईरहेको बतास अर्गनाइजेशनले नारायणहिटी दरबारभित्र रेष्टुरेन्ट सञ्चालन गर्न लागेको हो ।

बतास अर्गनाइजेसन अन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालीले यतिबेला दरबारभित्र धमाधम रेष्टुरेन्टको संरचना बनाईरहेको छ ।
मासिक ५० हजार भाडा दिने गरि करिब १० रोपनी जमिन बतासलाई दिईएको हो । तत्कालीन संस्कृति पर्यटन योगेश भट्टराई र सचिव यादवप्रसाद कोइरालाले बताससँगको मिलेमतोमा नारायणहिटी संग्रहालय भित्र रेष्टुरेन्ट खोल्न दिने निर्णय गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन सञ्चालन समितिको संरक्षक पर्यटन मन्त्री र अध्यक्ष सचिव रहने व्यवस्था छ । भट्टराई र अधिकारीकै जोडबलमा बतासले नारायणहिटी दरबार भित्र रेष्टुरेन्ट सञ्चालनको अनुमति पाएको हो । वर्तमान पर्यटन मन्त्री प्रेम बहादुर आले समक्ष दरबार स्रग्रहालय भित्र रेष्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय उल्टाउन तिब्र दबाव परिरहेको छ ।

नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल स्वयंले संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न दिने निर्णयबारे चासो राखेको श्रोतले बतायो । मन्त्री आलेले पनि सो निर्णयले आफुलाई गम्भिर बनाएको निकटहरुसँग बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्