काठमाडौं । नेकपा(एकिकृत समाजवादी)ले राष्ट्रियसभा निर्वाचनमा पाँच सिट पाएको छ । कुल १९ सिटको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट एकिकृत समाजवादीले पाँच सिट प्राप्त गरेको हो ।
पार्टीले आफ्नो भागमा परेको सिटहरुमा उम्मेदवारहरु समेत टुंगो लगाईसकेको छ । जस अनुसार प्रदेश–१ मा जयन्ती राई (महिला) बागमतीमा गोमा तिमल्सिना (महिला), लुम्बिनीमा राजेन्द्रलक्ष्मी गैरे महिला), कर्णालीमा उदय बोहोरा (खुला) र सुदूरपश्चिमबाट मदनकुमारी (गरिमा) शाह (महिला) उम्मेद्वार बन्ने छन् ।
प्रतिक्रिया दिनुहोस्