Shikhar Insurance
National Life

मर्जरको प्रतिवद्धता पुरा नगर्ने ६ लघुवित्तको लाभांश रोक्का, अर्को पार्टनर खोजेमात्र फुकुवा

सिंहदरबार संवाददाता
२०७८ पुष १९, सोमबार १४:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । मर्जरको प्रतिवद्धता पुरा नगरेको भन्दै नेपाल राष्ट्र बैंकले आधा दर्जन लघुवित्त वित्तीय संस्थालाई लाभांश वितरण रोक्का गरेको छ । राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति लिएर मर्जमा नजाने ६ वटा लघुवित्तलाई केन्द्रीय बैंकलाई लगानीकर्ताको खातामा प्रतिफल पठाउन बन्देज लगाएको हो ।

हतारमा मर्जरको सम्झौता (एमओयु) गरी तोकिएको समयमा प्रक्रिया पुरा नगर्ने यी संस्थालाई लाभा‌ंश केन्द्रीय बैंकले लाभांश बाँड्न रोक लगाएको छ । मर्जर तथा प्राप्ति २०७३ अनुसार उनीहरुलाई लाभांश वितरणमा प्रतिबन्ध लगाइएको केन्द्रीय बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनीहरुले मर्जरको प्रतिवद्धता गरेर पनि समयमा एकीकृत कारोबार नगर्ने, डिमर्जरमा जाने लगायत काम गरेका थिए । केन्द्रीय बैंकले मिर्मिरे र सिर्जनशीलको लाभांश वितरण केही समय अघि रोक लगाएको थियो । भर्खरै धौलागिरि लघुवित्त र आँधिखोला लघुवित्त तथा डिप्रोक्स लघुवित्त र नाडेप लघुवित्तलाई पनि लाभांश बाँड्न रोक लगाएको नेपाल राष्ट्र बैंकको नियमन विभाग प्रमुख देवकुमार ढकालले बताए ।

“मिर्मिरे र सिर्जनशीललाई केही समय अघि नै लाभांश बाँड्न रोक लगाएका थियौं,” केन्द्रीय बैंकका कार्यकारी निर्देशक ढकालले सिंहदरबारसँग भने, “यो सूचीमा भर्खरै धौलागिरि र आँधिखोला तथा डिप्रोक्स र नाडेप पनि थपिएका छन् ।

उनीहरूले लाभांश बाँड्न पाउने बटमलाइन अर्को पार्टर खोजेर प्रक्रिया सक्नु हो । यी संस्थाले अर्को संस्थासँग मर्जर वा प्राप्तिको प्रक्रिया पुरा नगरेसम्म वा आगामी ३ वर्षसम्म लगानीकर्ताको खातामा प्रतिफल पठाउन नपाउने भएका हुन् ।

धौलागिरि र आँधिखोलाले मर्जरमा आनाकानी गरेको २ वर्ष बितिसकेको छ भने डिप्रोक्स र नाडेपले पनि १ वर्ष बिताइसकेका छन् । धौलागिरि र आँधिखोलाले मर्ज भएर धौलागिरि आँधिखोला लघुवित्त बन्ने भन्दै २०७६ पुस १४ मा नेपाल राष्ट्र बैंकमा आवेदन दिएको थियो । यसैगरी डिप्रोक्सले नाडेपलाई प्राप्ति गर्ने सम्झौता गरी २०७७ पुस १६ गते राष्ट्र बैंक पुगेका थिए ।

उनीहरुले मर्जर तथा प्राप्तिको प्रक्रियामा सैद्धान्तिक स्विकृति लिएर अन्तिम स्वीकृति लिन तदारुकता नदेखाएका हुन् ।

नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिको नीति ल्याएपछि दर्जनौं बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिमा सहभागी भइसकेका छन् । तर, मर्जर गर्छु भन्दै स्वीकृति लिन राष्ट्र बैंक यी संस्थाले प्रक्रिया नसक्दा राष्ट्र बैंकले कारबाही गरेको हो ।

अन्तिम स्वीकृति लिन नसकेका संस्थालाई राष्ट्र बैंकले कुल २ महिना समय थप गरिदिने गरेको छ । त्यति समयमा पनि अन्तिम स्वीकृति लिन नसके डिमर्जरमा जान्छ । डिमर्जमा गएपछि उनीहरुलाई लाभांश बाँड्न रोक लगाउँछ ।

अब यी संस्थाले लाभांश घोषणा गर्न पाउँछन्, साधारणसभा पनि गर्न पाउँछन् । तर, लगानीकर्ताको खातामा प्रतिफल पठाउन भने पाउँदैनन् । यी ६ संस्थालाई लाभांश घोषणा गर्न बन्देज लगाइएको हैन, लगानीकर्ताको खातामा प्रतिफल पठाउन रोक लगाइएको हो ।

धौलागरी र आँधीखोला लघुवित्त २०७६ साल पुस १४ गते राष्ट्र बैंका मर्जरका लागि पुगेका हुन् । यी बैंकले समयमै प्रक्रिया पुरा गर्न नसक्दा अहिले यी बैंकको मर्जर डिमर्जको प्रक्रियामा छ । २ वर्षअघि देखि मर्जरको प्रक्रियामा रहेका यी संस्थामध्ये आँधीखोला नेप्सेमा सुचीकृत कम्पनी हो । मर्जरकै कारणले ४६ करोड ५० लाख पुँजीकरण रहेको संस्थाको सेयर कारोबार हुन सकेको छैन ।

डिप्रोक्स लघुवित्तले नाडेप लघुवित्तलाई एक्वायर गर्ने आपसी सम्झौता गरी २०७७ पुस १६ गते राष्ट्र बैंक पुगेका थिए । यी संस्था आपसी सम्झौतालाई अन्तिम टुंगो लगाउन नसक्दा मर्जर डिमर्जको प्रक्रियामा छन् ।

नागबेली लघुवित्तसँग मर्जरपछि एकीकृत कारोबार सुरु गरेको मिर्मिर लघुवित्तले सिर्जनशील लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्झौता २०७७ असोज १२ गते गरेको थियो । मिर्मिरले २०७७ भदौ ७ गते नागबेली लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको थियो । त्यसअघि पनि संस्थाले स्वेडा लघुवित्तलाई प्राप्ति गरेर २०७७ असार २१ गतेबाट एकीकृत कारोबार सुरु गरेको थियो । तर, सिर्जनशीलाई प्राप्ति गर्न नसक्दा मिर्मिरेका सेयरधनी पनि प्रतिफल पाउनबाट बञ्चित छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्