Shikhar Insurance
National Life

सिटिजन्स बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा नवलपरासीको भटौलिया बजारमा

सिंहदरबार संवाददाता
२०७८ पुष १८, आईतवार १८:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंकले ९० औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्‍याउन भन्दै बैंकले शाखारहित बैंकिङ्ग सेवा विस्तार गरिरहेको छ ।

यसै क्रममा बैंकले नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका, भटौलिया बजारमा शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी नवराज पहरीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्