काठमाडौं । साताको पहिलो दिन तथा अंग्रेजी नयाँ वर्ष २०२२ को पहिलो कारोबार दिनमा नेप्से परिसूचक ६०.४१ अंकले बढेको छ । आइतबार नेप्से परिसूचक २.३९ प्रतिशतले बढेर २५८४.९१ अंकमा पुगेको हो ।
बजारमा ७१ लाख ६० हजार कित्ता ४ अर्ब १२ करोड ६९ लाख रूपैयाँमा किनबेच भएका छन् । नेप्से बढेको दिन हिमालयन डिस्टिलरी, मध्यभोटेकोसी जलविद्युत आयोजना र सूर्या लाइफको सेयर मूल्य करिब १० प्रतिशतले बढेका छन् ।
बजारमा सबैभन्दा कारोबार हिमालयन डिस्टिलरीको भएको छ । कम्पनीको ४४ करोड रूपैयाँ बराबरको सेयर किनबेच भए ।
आज कारोबारमा आएका १ सय ६८ कम्पनीको सेयर मूल्य बढ्दा १८ वटाको घटेका छन् ।
प्रतिक्रिया दिनुहोस्