Shikhar Insurance
National Life

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सिंहदरबार संवाददाता
२०७८ पुष १८, आईतवार १२:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ६४ पैसा र बिक्री दर ११९ रुपैयाँ २४ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ४५ पैसा र बिक्री दर १३५ रुपैयाँ १३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ३५ पैसा र बिक्री दर १६१ रुपैयाँ १६ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ र बिक्री दर १३० रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २७ पैसा र बिक्री दर ८६ रुपैयाँ ७१पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ७४ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३१ पैसा र बिक्री दर १० रुपैयाँ ३६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८रुपैयाँ ६७ पैसा र बिक्री दर १८ रुपैयाँ ७७ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ६०पैसा र बिक्री दर ३१ रुपैयाँ ७६ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ५८ पैसा र बिक्री दर ३२ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ ०४ पैसा कायम भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्