काठमाडौं । स्वर्गिय राजा बिरेन्द्रको ज्वाई गोरखशमशेर राणा स्ट्याण्डर्ड चार्टर्ड बैंकका नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । बैंकको संचालक समितिको निर्णयले उनलाई डेपुटी सीइओमा नियुक्त गरेको हो ।
स्वर्गिय राजा बिरेन्द्रको छोरी श्रुती राणाका श्रीमान हुन् । राणा प्रधानमन्त्री चन्द्रशमशेरका पनाति गोरखशमशेरसंग श्रुतिको विवाह २०५४ वैशाख २४ मा भएको थियो । २०५८ जेठ १९ गतेको दरवार हत्याकाण्डमा राजा बिरेन्द्रको सन्तान्तमा ज्वाईं गोरखशमशेर नातीनीहरु अर्थात छोरी श्रुतीका छोरीहरु गिर्वाणी र सुरंगना राणा मात्र बचेका थिए ।
स्वर्गिय राजाका ज्वाई गोरखशमशेर राणा २०५० सालदेखि स्ट्याण्डर्ड चार्टर्ड बैंकमा आवद्ध छन् । बैंकले पहिलो पटक डेपुटी सीइओको रुपमा राणालाई नियुक्त गरेको हो । सन् १९९६ मा कर्पोरेट र संस्थागत बैंकिङमा सरेका उनले रिलेसनसिप म्यानेजर, सिनियर क्रेडिट म्यानेजर, हेड अफ क्लाइन्ट कभरेज इत्यादिसम्मका विभिन्न पदमा काम गरेका छन्। उनी अहिले ग्लोबल बैंकिङको प्रमुख छन्।
प्रतिक्रिया दिनुहोस्