Shikhar Insurance
National Life

कृषि क्षेत्र उपेक्षित छ, किसानले राज्यबाट पाउनुपर्ने सेवासुविधा पाइराखेको अवस्था छैन – अर्थमन्त्री

सिंहदरबार संवाददाता
२०७८ पुष १६, शुक्रबार १४:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी उद्योगमा बदल्नुपर्नेमा जोड दिएका छन् ।  नेपाल कृषि सहकारी केन्द्रीय संघको चौधौँ वार्षिक साधारणसभा शुभारभ्भ गर्दै उनले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न कृषिलाई बढवा दिनुपर्ने बताएका हुन् ।

“कृषि क्षेत्र उपेक्षित छ, किसानले राज्यबाट पाउनुपर्ने सेवासुविधा पाइराखेको अवस्था छैन”, उनले भने, “यस क्षेत्रलाई व्यवस्थित र सङ्गठितरूपमा परिचालन गर्न राज्यको विशेष लगानी आवश्यक छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

एकातिर कृषियोग्य भूमि बाँझो रहनु र अर्कातिर आयातित वस्तुको उपभोग बढ्दै जानु चिन्ताको विषय भएको छ भन्दै अर्थमन्त्री शर्माले नेपालको जल, जमिन र जनशक्तिको भरपुर प्रयोग गरी कृषि उत्पादन बढाउनुपर्ने आवश्यकता औँल्याए ।

किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउँदै देश निर्माणमा महत्वपूर्ण योगदान दिलाउन कृषि सहकारी संघले भूमिका निर्वाह गर्नुपर्ने पनि अर्थमन्त्री शर्माले बताए ।

किसानका समस्या समाधान गर्न सरकारका तर्फबाट पूर्ण सहयोग रहने उनको भनाइ थियो । संघका अध्यक्ष खेमबहादुर पाठकले ग्रामीण क्षेत्रमा छरिएर रहेको पूँजी सङ्कलन गर्दै विपन्न तथा पछाडि परेका किसानलाई कृषि क्षेत्रमा रोजगारी सिर्जना गरेर कृषि र पशुपक्षीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहन गरिएको बताए ।

राउटे समुदायका गङ्गादेवी पुरस्कृत कार्यक्रममा जङ्गलमा बसोबास गर्दै आएको राउटे समुदायबाट कृषि सहकारीमा आबद्ध भई कृषि तथा पशुपालन गर्दै आउनुभएकी गङ्गादेवी राउटेलाई सम्मान गरिएको थियो ।

डडेल्धुराका गङ्गादेवीलाई अर्थमन्त्रीले सहकारीको तर्फबाट ५ हजार रुपैयाँ प्रदान गरे । उनले कृषि सहकारीबाट १ लाख रुपैयाँ कर्जा लिएर मास खेती गर्नुका साथै एक दर्जन बढी बाख्रा पालेकी छिन । बाख्राका पाठापाठी बिक्री गरेर गङ्गादेवीले वार्षिक ८० हजार रुपैयाँ आम्दानी गर्दै आएकिछिन ।

GBIME

प्रतिक्रिया दिनुहोस्