Shikhar Insurance
National Life

ह्याकरको धम्कीपछि कुमारी बैंकको सिस्टम ५ घन्टा बन्द भएर खुल्यो

राष्ट्र बैंकले बैंकहरूलाई भन्यो: अलर्ट रहनु
सिंहदरबार संवाददाता
२०७८ पुष १५, बिहीबार १६:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । ह्याकरहरूले कुमारी बैंकको सिस्टम ह्याक गर्ने धम्की दिएका छन् । ह्याकरहरूले बिहान साढे १० बजे इमेल गरेर सिस्टम ह्याक गर्ने धम्की दिएका थिए ।

बैंकका प्रमुख कार्यकारी अनुज तिमिल्सिनाले बैंकको आईटी डिपार्टमेन्टमा इमेल गरि ह्याक गर्ने बताएका थिए । त्यसको लगत्तै बैंकले ५ घन्टा सम्पूर्ण सिस्टम डाउन गरेको उनले सिंहदरबारलाई बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, “५ घन्टा सिस्टम बन्द गरेर अहिले सुरक्षाका विधि अपनाएका छौं । सुरक्षा अपनाएर अहिले मोबाइल बैैंकिङ र एटीएम सञ्चालनमा आइसकेको छ ।” उनका अनुसार इमेल साउदी ग्रुप अफ कम्पनीजका नाममा मेल आएको थियो ।

बैंकले धम्की आउनासाथ नेपाल राष्ट्र बैंकलाई जानकारी गराएको थियो । राष्ट्र बैंकले पनि लगत्तै सबै बैंकहरूलाई सचेत रहन भनेको प्रवक्ता गुणाकर भट्टले बताए ।

बैंकका सीईओ तिमिल्सिनाका अनुसार इमेलको स्रोत पत्ता लगाउनुको सट्टा सुरूमा सजगता अपनाइएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्