Shikhar Insurance
National Life

बल्ल सकियो सोलु कोरिडोर प्रसारण लाइन निर्माण, साढे ३ वर्षदेखि कटारीमा भएको थियो अवरोध

सिंहदरबार संवाददाता
२०७८ पुष १५, बिहीबार १३:२६
Hyundai
NCELL
NIMB

उदयपुर । साढे तीन वर्षदेखि अवरुद्ध राष्ट्रिय गौरवको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित स्थानीयवासीले एलाइन्मेन्ट परिवर्तन गर्न माग गर्दै साढे तीन वर्षदेखि अवरुद्ध पार्दै आएकोमा आयोजनाले उनीहरूको माग सम्बोधन गरेपछि रोकिएको काम पूरा भएको हो ।

प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा गत २० माघ ०७६ देखि व्यवसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत आयोजनाको २३.५ मेगावाट विद्युतमध्ये ४.५ मेगावाटबाहेक सबै खेर गइरहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोलुखुम्बुको तिङ्लादेखि सिराहाको मिर्चैयासम्म आयोजनाको कुल लम्बाइ ८९.५ किलोमिटर प्रसारण लाइनमा पर्ने ३०२ वटा टावर र तार तान्ने काम सम्पन्न भएको हो । आठौ पटक थपिएको म्याद सकिन दुई दिनअघि निर्माण सम्पन्न भएको हो । पछिल्लो पटक थपिएको म्याद ३१ डिसेम्बर २०२१ मा सकिँदैछ ।

टावर निर्माण, तार तान्ने काम सम्पन्न भएपछि अब तारमुनि पर्ने रुखहरू काट्ने काम भई रहेको आयोजना निर्माण कम्पनीका सम्पर्क अधिकृत दीपक गौतमले जानकारी दिए । रुख काट्ने काम करिब एक सातामा सक्ने लक्ष्य लिएको सम्पर्क अधिकृत गौतमको भनाइ छ । आगामी जनवरीभित्र सबै काम सम्पन्न गरी व्यवसायीक रुपमा लाइन प्रसारण गरिने योजना रहेको उनको भनाइ छ ।

सोलु करिडोर १३२ केभी डबल सर्किट आयोजना २५ सेप्टेम्बर २०१६ मा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भइ काम सुरू गरेको थियो । आयोजनाको काम ३१ डिसेम्बर ०२१ मा सक्ने गरी आठौँ पटक म्याद थप गरेको थियो । कटारी नगरपालिका-४ मरुवा, सिम्ले, बर्मझियाका २३ घर परिवारले प्रसारण लाइनको एलाइन्टमेन्ट परिर्वतनको माग्दै अवरोध गरेका थिए । उनीहरूले एलाइन्टमेन्ट परिर्वतन हुन नसके ०७५ सालमा निर्धारण भएको मुआब्जा पुन: मुल्याङकन गर्न माग गरेका थियो । तीन वर्षअघि प्रतिकठ्ठा २० लाखका दर मुल्याङ्कन गरेमा अहिले नगरपालिकाले सिफारिस गरेको प्रतिकठ्ठा ५० लाख अनुसार मुआब्जा हुनु पर्ने माग गर्दै आएको थियो ।

तीन करोड मुआब्जा वितरण आयोजनाले उदयपुरको कटारी नगरपालिका वडा नम्वर २, ३, ४ र ५ को मरुवा, सिम्ले, बर्मझियाका बासिन्दाको अवरोधपछि प्रभावित क्षेत्रका नम्बरी र ऐलानी जग्गाको छुट्टाछुट्टै मूल्य निर्धारण गरिएको छ । सरकारले सो क्षेत्रका स्थानीयवासीलाई मुआब्जा वितरणका लागि चार करोड ५० लाख रुपैयाँ रकम निकासा गरेकामा हालसम्म तीन करोड रुपैयाँ मुआब्जाबापत भुक्तानी दिई सकेको आयोजनाका सम्पर्क व्यक्ति गौतमले बताए । आयोजनाको निर्माण खर्च करिब दुई अर्ब ५० करोड रुपैयाँ पुग्ने गौतमको भनाइ छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्