Shikhar Insurance
National Life

‘एमकेटी अप्सन’बाट चलखेल हुन थालेपछि क्लोजिङ प्राइसको फर्मुला चेन्ज गर्दै नेप्से

सिंहदरबार संवाददाता
२०७८ पुष १५, बिहीबार १२:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले क्लोजिङ प्राइसको फर्मुला फेर्ने भएको छ । मार्केट (एमकेटी) अप्सनबाट सेयर मूल्यमा चलखेल हुन थालेपछि नेप्सेले अन्तिम कारोबार मूल्यलाई नभएर अर्कै मूल्यलाई क्लोजिङ प्राइस बनाउने गरी तयारी अघि बढाएको हो ।

बजार अवधिमा एमकेटी अप्सनबाट खरिद बिक्रीको अर्डर राख्दा सूचीकृत कम्पनीको सेयर मूल्य एकै कारोबारमा उच्च दरले घटबढ हुने गरेको छ । लिमिट अप्सनबाट अर्डर राख्दा भने २ प्रतिशतमात्र तलमाथि हुन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सिमित व्यक्तिको समूह मिलेर केही कम्पनीको सेयर मुल्यमा स्वार्थअनुसारको उतारचढाव गराउँदै आएको उजुरी नेप्सेमा पुगेको छ । नेप्सेले भने मार्केट अप्सनमा यस्तो हुन सक्ने बताउँदै आएको छ ।

केही दिन अघिमात्र गोर्खाज फाइनान्सको सेयर मुल्य एकै कारोबारमा ७ प्रतिशतले बढेको थियो । धितोपत्र कारोबार सञ्चालन विनियमावलीले लगत्तैको कारोबारमा सेयर मूल्यअन्तर २ प्रतिशतमात्र हुन पाउने व्यवस्था गरेको छ ।

तर, कारोबारीहरूको समूह मिलेर एमकेटी फिचरको दुरूपयोग गर्दै आएका छन् ।

नेप्से स्रोत भन्छ, “एमकेटी फिचर प्रयोग गरेर मूल्यमा उतारचढाव गराउने गरेको पाइयो । यसबाट सिमित व्यक्तिको स्वार्थले काम गरेको पाइन्छ । हामीले कमभन्दा कम लगानीकर्ता मारमा परून् भन्ने हेतुले क्लोजिङ प्राइसको सुत्र फेर्ने तयारी गरेका छौं ।”

विशेषगरी कारोबार दिनको अन्तिममा मूल्यमा सीमाभन्दा बढीले घटबढ हुने गरेको छ । यसकारण क्लोजिङ प्राइस गणनाको सुत्र फेर्दा समस्या केही हदसम्म समाधान हुने स्रोत बताउँछ ।

“अन्तिम मिनेट वा अन्तिम केही मिनेटको औसत मूल्य र अन्तिम केही कारोबार (मानौं अन्तिम १५ कारोबार) को औसत मूल्यको औसतलाई क्लोजिक प्राइस मान्ने गरी फर्मुला चेन्ज गर्नुपर्ने सुझाव प्राप्त भएको छ,” स्रोतले भन्यो, “एमकेटी फिचरको प्रयोगबाट कसैले लाभ गर्न सक्यो भने यसलाई ठीक र कसैलाई घाटा भयो भने गैरकानुनी भन्ने गरिएको छ । यी मध्ये एउटा विकल्प रोज्दा समस्या निराकरण होला भन्ने अपेक्षा छ ।”

नेप्सेले कारोबार सञ्चालन विनियमावली बनाउँदा एमकेटी फिचरको कल्पना गरेर लगत्तैको कारोबारमा २ प्रतिशतभन्दा बढीले घटबढ हुने उल्लेख गरेको थियो । पछि नेपाल धितोपत्र बोर्डले विनियमावलीलाई मुर्तरूप दिँदा यो व्यवस्था हटाएको थियो । त्यसकारण जानकारले मार्केट फिचरबाट हुने मूल्य घटबढलाई अवैधानिक भन्ने गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्