काठमाडौं । राजश्व अनुसन्धान विभागले कर छलीमा संलग्न चार जना व्यवसायी विरुद्ध ३२ करोडको मुद्धा हालेको छ । विभागले भ्याट, आयकर र लाभांश कर गरि १६ करोड ४ लाख ४६ हजार ३ सय ३३ रुपैयाँ कर छल्ने चार जना विरुद्ध उच्च अदालत काठमाडौंमा मुद्धा हालेको हो ।
जमालद्दिन अंसारी, जय किशोर साह, सुर्यजित प्रसाद साह र तोयनाथ अधिकारीले वस्तु तथा सेवा नै खरिद नगरि बिल बिजक जारी गरेका हुन् । उनीहरुविरुद्ध ३२ करोड ८ लाख ९२ हजार ८ सय ६६ रुपैयाँको बिगो दावीसहित मुद्धा दायर गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्