Shikhar Insurance
National Life

वार्षिक साधारणसभाको ४४ दिनपछि इन्भेष्टमेण्ट बैंकले किन डाक्यो विशेष साधारणसभा ?

सिंहदरबार संवाददाता
२०७८ पुष १४, बुधबार १२:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले माघ २ गते विशेष साधारणसभा गर्ने भएको छ । बैंकले वार्षिक साधारणसभा बसेको ४४ दिनमै विशेष साधारणसभा आयोजना गर्न लागेको हो ।

हिमालयन बैंकसँग बिग मर्जरको क्रममा रहेको बैंकले साधारणसभाका लागि दुई बैंक एक आपसमा मर्जर सम्बन्धी विशेष प्रस्ताव राखेको छ । साधारणसभामा मर्जर प्रयोजनको लागि मूल्यांकनकर्ता टी आर उपाध्याय एण्ड कम्पनी, चार्टड एकाउन्टेसल्ने तयार गरेको दुवै संस्थाको चल-अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर स्वाप रेसियो १ बराबर १ हुने गरी एक आपसमा गाभ्नं गाभिने मर्जर गर्ने कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने, नेपाल इन्भेष्टमेण्ट बैंक लि र हिमालयन बैंक लिमिटेड एकआपसमा गाभ्ने गाभिने मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्र तथा अन्य भए गरेका सम्झौताहरुको अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिने बताइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दुई बैंक मर्ज भएमा नयाँ बन्ने बैंकको नाम हिमालयन एन्ड नेपाल इन्भेष्टमेण्ट हुने गरी संशोधन गर्ने विशेष प्रस्ताव साधारणसभाको हुनेछ ।

बैंकको ३५ औं वार्षिक साधारणसभा मंसिर १७ गते बसिसकेको छ । विशेष साधारण सभा प्रायोजनका लागि पुस २५ गते बुकक्लोज गर्ने निर्णय बैंक सञ्चालक समिति वैठकको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्