Shikhar Insurance
National Life

बजारमा साढे ६ खर्ब रूपैयाँ छरपष्ट, १ जनासँग २१ हजार ८३० रूपैयाँ

सिंहदरबार संवाददाता
२०७८ पुष १४, बुधबार ११:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । एक जना नेपालीले औसतमा नगद २२ हजार रूपैयाँ राख्ने गरेको पाइएको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार चलनचल्तीमा रहेका नोट भाग लगाउँदा एक जनाको साथमा औसतमा २१ हजार ८ सय ३० रूपैयाँ हुने गरेको पाइएको हो ।

यो रकम व्यक्ति, संस्था वा बैंक तथा वित्तीय संस्थामा भएको कुल नगद हो । केन्द्रीय बैंकका अनुसार अहिले बजारमा १, २, ५, १०, २०, २५, ५०, १००, २५०, ५००, १००० रूपैयाँका नोट चलन चल्तीमा छन् । मंसिर मसान्तको तथ्यांकअनुसार ती सबै नोट ६ खर्ब ५४ अर्ब ८८ करोड १७ लाख ६७ हजार ९ सय १७ रूपैयाँ बराबरका छन् । जसलाई नेपालको जनसंख्या ३ करोडले भाग गर्दा २१ हजार ८ सय ३० रूपैयाँ हुन आउँछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

केन्द्रीय बैंकका अनुसार कात्तिकको तुलनामा मंसिरमा चलनचल्तीमा रहेको नोट घटेको हो ।

केन्द्रीय बैंकले १ महिनामा करिब ३३ अर्ब रूपैयाँ बराबरको नोट फिर्ता ल्याएको छ । पुराना, धुजा परेका, च्यातिएका, भिजेका, राजाको फोटो भएका, रंग लागेका नोटहरू राष्ट्र बैंकले बैंक-वित्तीय संस्थामार्फत् बजारबाट खिच्ने गरेको छ । कात्तिक मसान्तसम्म बजारमा ६ खर्ब ८७ अर्ब ७७ करोड रूपैयाँ बजारका नोट चलनचल्तीमा थिए ।

अब प्रश्न रहन्छ, त्यति धेरै नोटमध्ये तपाईं आफ्नो खल्ती वा दराजमा कति रूपैयाँ नगद राख्नुहुन्छ ?

GBIME

प्रतिक्रिया दिनुहोस्