Shikhar Insurance
National Life

नागरिक उड्डयन प्राधिकरणको स्पष्टीकरण: देउवा रिझाउन सुदुरका बिमानस्थलमा बजेट खन्याएको हैन

सिंहदरबार संवाददाता
२०७८ पुष १३, मंगलवार २२:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको दबाबमा नभइ वार्षिक कार्यक्रम अनुसार सुदूरपश्चिमका १० बिमानस्थलका लागि बजेट छुट्टयाइएको स्पष्टीकरण दिएको छ । मन्त्री आलेले पहुँचका भरमा सुदुरमा बिमानस्थल बनाउन बजेट खन्याएको आरोप लागेपछि प्राधिकरणले यस्तो जवाफ दिएको हो ।

प्राधिकरणले भनेको छ, ” को आर्थिक बर्ष २०७८।०७९ को बार्षिक बजेटमा विमानस्थल विकास तथा सुदृढीकरण आयोजनाहरुको प्राथमिकताका लागि विभिन्न चरणमा गहन अध्ययन र छलफल पश्चात्‌ आवश्यक सुधार सहित नेपाल नागरिक उड्डयन प्राधिकरणको मिति २०७८।०९।११ मा बसेको संचालक समितिको औं बैठकबाट पारित भएको हो । प्राधिकरणको आर्थिक बर्ष ०७८।०७९ बजेट तया कार्यक्रम पारित हुन केही ढिला भएपनि यस बजेटले भविष्यमा नमूना पूर्वाधार खडा हुने विश्वास लिइएको छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

बजेट तथा कार्यक्रम केही ढिला हुनुमा कही कसैको दवाव तथा प्रभाव कारक नभई देश संघीय प्रणालीमा गई
सकेको हुनाले सोही अनुरुप बजेट तथा कार्यक्रम समेत परिमार्जन गनुपर्ने र यसको लागि सबै सरोकारवाला पक्षसंग गहन छलफल गरेर मात्र अगाडी बढाउनु पर्ने कारण केही ढिलाई हुन गएको प्राधिकरणको दाबी छ ।

 

सुदुरपश्चिम प्रदेशको धनगढी विमानस्थलमा स्तरन्नोतिका लागि विनियोजित बजेट मन्त्री आलेको नीजि चाहना नभई हवाई नीति, २०६३ को मार्गनिर्देशन अनुसार देश संघीय प्रणालीमा गई सकेको अवस्थामा हवाई सेवालाई सोही अनुरुप विकास, विस्तार र सो क्षेत्रका जनताको सेवा सुविधा र चाहनालाई दृष्टिगत गरी विमानस्थललाई स्तरन्नोति गरी सुविधा सम्पन्न विमानस्थल बनाईने प्रयास स्वरुप प्रम चरणमा जग्गा अधिकरणका लागि बजेट विनियोजन भएको प्राधिकरणले स्पष्ट पारेको छ ।

सुदूरका बिमानस्थलमा अध्ययनबिना बजेट खन्याएकामा चौतर्फी बिरोध भएको थियो । मन्त्री आलेले प्रधानमन्त्री शेरबहादुर देउवा रिझाउन प्राधिकरणको अध्यक्ष हुँदा प्रभाव जमाएको आरोप लागेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्