Skip to content
Shikhar Insurance
National Life

सेयर बजारप्रति प्रचण्डको छँदै छैन पोजिटिभ सेन्टिमेन्ट, राजनीतिक प्रतिवेदनमा फेरि यसो भने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेयर बजारप्रति आफ्नो नेगेटिभ सेन्टिमेन्ट रहेको स्पष्ट पारेका छन् । पार्टीको आठौं महाधिवेशनमा उनले पेश गरेको प्रतिवेदनमा सेयर बजारलाई अरूको सम्पत्ति हडपेर अकुत सम्पत्ति आर्जन गर्ने ठाउँ भएको उल्लेख गरेका छन् ।

पछिल्लो समय सेयर बजारप्रति प्रचण्डको सेन्टिमेन्ट चर्चाको विषय बनेको छ । उनले सेयर बजरलाई पैसाबाट पैसा कमाउने, अनुत्पादक, साम्राज्यवादको नयाँ रूप जस्ता संज्ञा दिएका छन् । उनले छिटो पैसा कमाउनको लागि सेयर बजार र घरजग्गामा लगानी गर्ने प्रवृति बढेको बताएका छन् ।

त्यही भावनालाई चित्रण गर्ने उनको राजनीतिक प्रतिवेदनमा सेयर बजार, मुद्रा बजार, धितोपत्र खरिद बिक्री तथा घरजग्गा किनबेचलाई अरुको सम्पत्ति हडपेर छोटो समयमा अकुत सम्पत्ति आर्जन गर्ने ठाउँ बनेको उल्लेख छ । उनले देशको पुँजी उत्पादन क्षेत्रबाट वित्त क्षेत्रमा पलायन भएको भन्दै सेयर बजारको बारेमा आफ्नो पुरातनवादी शैलीलाई निरन्तरता दिएका छन् ।

प्रतिवेदनमा भनिएको छ, “उत्पादनमूलक क्षेत्रबाट वित्त क्षेत्रमा पुँजी पलायन हुनाले समाजमा बेरोजगारीका साथै विभिन्न प्रकारका संकट उत्पन्न भएका छन्। वित्त क्षेत्रमा पुँजी पलायन हुनुको मुख्य कारण पुँजीपतिहरूको छोटो समयमा धेरैभन्दा धेरै नाफा कमाउने अतृप्त भोक नै हो ।”

 

GBIME

प्रतिक्रिया दिनुहोस्