Skip to content
Shikhar Insurance
National Life

गोकर्ण बिष्टलाई टक्कर दिन गुल्मी जाँदै शहरी विकास मन्त्री रामकुमारी झाक्री

Hyundai
NCELL
NIMB

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री गुल्मी जाने भएकी छिन । मन्त्री भएपछि दोस्रो पटक गुल्मी जान लागेकी झाक्रीले जिल्लाका केही महत्त्वपूर्ण योजनाहरुको अनुगमन,पार्टी कार्यालय उद्घाटन,जिल्ला युवासघंको भेलासङै प्रतिनिधि सभा क्षेत्र नम्बर २ आफ्नो निर्वाचन क्षेत्र भ्रमण गर्ने कार्यक्रम रहेको जिल्ला पार्टी अध्यक्ष नरेशकुमार भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार मन्त्री झाक्रीले जिल्लाका विभिन्न सार्वजनिक कार्यक्रमहरुका साथै मदाने र धुर्कोट गाउँपालिका पार्टी भेलालाई समेत सम्वोधन गर्ने कार्यक्रम रहेको बताए । मन्त्री झाक्रीको गुल्मी जिल्ला भ्रमण पुस १४ गतेदेखि १७ गतेसम्म तय भएको छ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीको केन्द्रीय सचिव समेत रहेकी शहरी विकास मन्त्री रामकुमारी झाक्री गुल्मी आउने भएपछि जिल्लाका सबै पार्टी कमिटीहरु परिचालन भएको पार्टी जिल्ला ईन्चार्ज गणेश खनालले जानकारी दिए ।

एमाले सचिव गोकर्ण बिष्टको समेत गृह जिल्ला र निर्वाचन क्षेत्र नै झाक्रीको पनि क्षेत्र हो । आगामी प्रतिनिधीसभा निर्वाचनमा झाक्रीले बिष्टका विरुद्ध उम्मेदवारी दिने तयारी गरेकी छिन् । बिष्टलाई पराजित गर्दै निर्वाचित हुने अभियानमा रहेकी झाक्रीले जिल्ला र निर्वाचन क्षेत्रमा बिशेष ध्यान दिन थालिसकेकी छिन् ।

रेसुङ्गा विमानस्थलको पनि अवलोकन गर्ने
जिल्ला भ्रमणमा रहेकी शहरी विकास मन्त्री रामकुमारी झाक्रीले रेसुङगा विमानस्थल थालेमालेको पनि अवलोकन गर्ने भएकि छिन । निर्माणकार्यको अन्तिम चरणमा रहेको जिल्लाकै एक मात्र विमानस्थल स्थलको शहरी विकास मन्त्री झाक्रीले अवलोकन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । माननीय शहरी विकास मन्त्री रामकुमारी झाक्रीको पहलमा सस्कृती पर्यटन तथा नागरिक उडयन मन्त्रालय मार्फत रेसुङगा विमानस्थल निर्माणका लागि आईतवार मात्रै १० करोड रुपैया वजेटको व्यवस्था गरिएको समेत मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । साथै शहरी विकास मन्त्रालयवाट सदरमुकाम तम्घासवाट विमानस्थलसम्म पुग्ने सडक कालोपत्रे गर्नका लागि वजेटको व्यवस्था मिलाएर टेन्डर प्रकृयामा रहेको बताईएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्