काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सम्पत्ति छानबिन गर्ने भएको छ । राणाको सम्पत्ति छानबिन गर्नुपर्ने मागसहित विभागमा उजुरी परेपछि विभागले टोली खटाउने तयारी गरेको हो ।
बृहत् नागरिक आन्दोलनका तर्फबाट डा. गोविन्द केसीको नेतृत्वमा आइतबार नागरिक अगुवाले प्रधानन्यायाधीश राणाको सम्पत्ति छानबिन गर्न ध्यानाकर्षणपत्र बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस्