काठमाडौं । ७१ अंकले बढेको भोलिपल्टै नेप्से परिसूचक करिब ७० अंकले घटेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ६९.७७ अंकले घटेर २५२१.६५ अंकमा ओर्लिएको हो ।
कारोबार सुरू भएदेखि नै घट्न थालेको सेयर बजारले अन्तिमसम्म सोही लय कायम राख्न भारी अंकले घट्न पुगेको हो ।
नेप्से २.६९ प्रतिशतले घट्दा बजारमा ५ अर्ब ६० करोड रूपैयाँको सेयर किनबेच भएको छ । यसक्रममा १ करोड २ लाख कित्ता सेयर कारोबारमा आए ।
कारोबारमा आएका सबै समूहगत उपसूचक घटेका छन् । निर्जीवन बीमा समूहमा भारी गिरावट आएको छ ।अन्यसँग, ट्रेडिङ, हाइड्रो, विकास बैंक, इन्भेन्टमेन्ट समूहमा पनि भारी गिरावट आयो ।
गुर्खाज फाइनान्स र मध्ये भोटेकोशीको सेयर मूल्य १० प्रतिशतले बढ्दा जोशी र घलेम्दी हाइड्रोको मूल्य सर्वाधिक ८ प्रतिशतले घटेका छन् ।
कारोबारमा आएका १ सय ८२ कम्पनीको सेयर मुल्य घट्दा ८ वटाको मात्र बढेका छन् ।
प्रतिक्रिया दिनुहोस्