Shikhar Insurance
National Life

नबिलसँग मर्जरमा जान लागेको नेपाल बंगलादेश बैंकको सीईओ बन्दै भुपेन्द्र पाण्डे

सिंहदरबार संवाददाता
२०७८ पुष १२, सोमबार १४:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकसँग मर्जरको अन्तिम तयारी गरिरहेको नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त हुने भएका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा कार्यरत पाण्डे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) का रूपमा बैंक भित्रिएका हुन् ।

बैंकको सञ्चालक समितिले बिहीबार उनलाई सिनियर डीसीईओ बनाइसकेको छ । हालका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाको कार्यकाल केही दिनमा सकिँदैछ । त्यसपछि पाण्डेलाई सीईओको जिम्मेवारी दिइने बताइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल इन्फ्रास्ट्रक्चर बैंकका नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्दागर्दै उनी नेपाल बंगलादेश बैंक गएका हुन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंक खुलेसँगै उनी डीसीईओका रूपमा काम गर्न गएका थिए । पाण्डे चाटर्ड एकाउन्टेन्ट हुन ।

नेपाल बंगलादेश बैंक नबिलसँग मर्जमा जाने पक्का भइसकेको छ । हालका सीईओ ढुंगाना मर्जरपछि बन्ने नयाँ बैंकको सीईओ बनेर काम गर्न चर्चा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्