Shikhar Insurance
National Life

सोलु खोला दूधकोशी हाइड्रोपावरमा दुर्घटना, दुई इन्जिनियरको ज्यान गयो

सिंहदरबार संवाददाता
२०७८ पुष १२, सोमबार १३:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलु खोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा दुई जना इन्जिनियरको मृत्यु भएको छ । आइतबार दिउँसो भएको घटनामा अन्य एक जना गम्भिर घाइते भएका छन् ।

घटनामा परी जलविद्युत् आयोजनाको हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रजिअ शाहीका अनुसार सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप विस्फोट भएको हो ।

गम्भिर घाइते हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर विराटनगर निवासी घाइते मोहम्मद राइनलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

ज्यान गुमाएका रेग्मी र थापा विस्फोट लगत्तै बेहोस भएका थिए । मौसम सफा नहुँदा उनीहरुलाई तत्कालै उपचारका लागि काठमाडौँ ल्याउन नसकेपछि ओखलढुङ्गाको अस्पतालमा लगिएको थियो ।

उनीहरुलाई अस्पताल पुर्याउनेबित्तिकै डाक्टरले मृत घोषणा गरेको प्रजिअ शाहीले जानकारी दिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्