Shikhar Insurance
National Life

सुदुरपश्चिमको १० बिमानस्थलका लागि प्रेम आलेले छुट्याए १ अर्ब ३२ करोड, कुनलाई कति ?

सिंहदरबार संवाददाता
२०७८ पुष १२, सोमबार ११:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । कैलालीको धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलमा स्तरोन्नति गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार बसेको प्राधिकरणको बैठकले धनगढी विमानस्थललाई स्तरोन्नतिका लागि जग्गा अधिग्रहण गर्न बजेट विनियोजन गरेको हो । विमानस्थलका लागि २५० विघा जग्गा अधिग्रहण गर्ने र धावनमार्ग विस्तार गरी २५ सय मिटर पुर्‍याउने लक्ष्य राखिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन नक्सा पास गरी र जग्गा अधिग्रहण गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी छ ।

प्राधिकरणले सुदूरपश्चिमका बाँकी नौ विमानस्थलका लागि पनि बजेट विनियोजन गरेको छ ।

डोटी विमानस्थलका लागि १८ करोड ६१ लाख, साँफेबगर विमानस्थलका लागि ३ करोड, कमलबजार विमानस्थलका लागि ३ करोड, महेन्द्रनगर विमानस्थलका लागि २ करोड ५१ लाख, बैतडी विमानस्थलका लागि १ करोड ५० लाख, दार्चुला विमानस्थलका लागि २ करोठ ६५ लाख, बझाङ विमानस्थलका लागि १२ लाख, बाजुरा विमानस्थलका लागि १८ लाख र डडेल्धुरा विमानस्थलमा सम्भाव्यता अध्ययनका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

मन्त्री आलेले सुदुरपश्चिममा रहेका विमानस्थलहरुको निर्माण तथा स्तरोउन्नती गर्न उल्लेख्य रकम बाँडेका हुन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्