काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको आइतबार सम्पन्न चौथो वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २०० रुपैयाँ पास गरेको हो । यो लाभांशमा कर सहित समोत जोडिएको छ ।
मंसिर २४ गते कायम सेयरधनीले मात्र सभाबाट पारित लाभांश पाउनेछन् । सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट डा. बद्री प्रसाद पोखरेल र परिच्छिद खेमकालार्य सञ्चालक समितिमा निर्वाचित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्