Shikhar Insurance
National Life

बैंकहरूले मनपरि चालुपुँजी कर्जा दिन थालेपछि राष्ट्र बैंकले तयार पार्‍यो मार्गदर्शन (मस्यौदासहित)

सिंहदरबार संवाददाता
२०७८ पुष ११, आईतवार १९:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धि मार्गदर्शन, २०७८ को मस्यौदा तयार पारेको छ । बैंक तथा वित्तीय संस्थाले दिने चालूपुँजी प्रकृतिका कर्जाको औचित्यता, प्रभावकारिता तथा सदुपयोगिता सुनिश्चित गर्न मार्गदर्शन तयार पारेको हो ।

केन्न्द्रीय बैंकले तयार पारेको मार्गदर्शनको मस्यौदामा आजको मितिले ३५ दिनभित्र सुझाव दिन सक्छन् । त्यसपछि राष्ट्र बैंकले मार्गदर्शन जारी गर्ने बताएको छ । मार्गदर्शनको कार्यान्वयन गरेर बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको सदुपयोगिता सुनिश्चित हुने, सम्पत्तिको गुणस्तर सुदृढ एवं यथार्थपरक हुने र कर्जा जोखिम व्यवस्थापन प्रभावकारी हुने विश्वास राष्ट्र बैंकको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अहिले बैंक तथा वित्तीय संस्थाले दिने चालूपुँजी प्रकृतिका कर्जाको सीमा निर्धारण तथा अनुगमन प्रक्रिया संस्थापिच्छे फरक फरक छ । यसले विविधिता मात्र नभई चालूपुँजी कर्जाको लागि ऋणीको क्षमताको विश्लेषण त्रुटीपूर्ण र कमजोर हुने गरेको र निरीक्षण तथा सुपरिवेक्षणको क्रममा यस्ता कर्जाको सदुपयोगिता यकीन गर्न समेत कठिन हुने गरेकोले छ । राष्ट्र बैंकले चालूपुँजी कर्जाको सीमा निर्धारण तथा अनुगमन कार्यको मूलभूत विषयमा एकरुपता कायम गर्न, कर्जा स्वीकृति प्रक्रिया एवं कर्जाको उपयोगलाई पारदर्शी बनाउन र कर्जा सदुपयोगिता यकीन गर्न सकिने आधारभूत पद्धति विकास गर्न मार्गदर्शन बनाएको हो ।

मार्गदर्शन कार्यान्वयनमा आएपछि फर्म/संस्था/कम्पनीले वार्षिक कारोबारको २० प्रतिशतमात्र चालु पुँजी कर्जा पाउनेछन् । उनीहरुले एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट कुल १ करोड रुपैयाँभन्दा कम कर्जा दिने हो भने संस्थालाई कर्जा दिने क्षमता यसअनुसार हिसाब गर्नुपर्नेछ ।

यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुनेछ ।

यसैगरी १ करोडभन्दा बढी चालु पुँजी लिने फर्म/संस्था/कम्पनीलाई स्थायी चालुपुँजी आवश्यकता र अस्थायी चालुपुँजी आवश्यकता अध्ययन गरिनुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले चालूपुँजी कर्जाको सीमा स्वीकृत गर्नु अघि फर्म/संस्था/कम्पनीको चालू सम्पत्तिको परीक्षण तथा मूल्याब्कन गरी कर्जा सीमा र ड्रइङ पावरको यथार्थपरक विश्लेषण गर्नुपर्दछ ।

अस्थायी चालु पुँजी आवश्यकताका लागि वार्षिक अनुमानित कारोवार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमभन्दा बढी नहुने गरी कर्जा सीमा स्वीकृत गर्नुपर्दछ । यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुनेछ ।

बैंक तथा वित्तीय संस्थाले स्थायी चालु पुँजी आवश्यकताका लागि कम्तीमा ५ वर्षको आवधिक प्रकृतिकोकर्जा प्रदान गर्नुपर्छ । चालूपुँजी प्रयोजनको आवधिक कर्जाको सीमा निर्धारण गर्दा कम्तीमा ५ वर्षको अनुमानित वित्तीय विवरण र कम्तीमा ३ वर्षको लेखापरीक्षण भएको विवरणको विश्लेषण गरी आफ्नो चालुपुँजी कर्जा सम्बन्धी नीति बमोजिम गर्नुपर्दछ ।

व्यावसायिक कारोबार सुरु भएको तीन वर्षभन्दा कम अबधि भएका वा नयाँ फर्म/संस्था/कम्पनीलाई बैंकले आफ्नो नीतिबमाजिम चालुपुँजी कर्जा दिन सक्ने व्यवस्थाको प्रस्ताव गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले चालूपुँजी कर्जा दिँदा व्यावसायिक प्रयोजनको लागि मात्र प्रयोग हुने यकीन गरेर मात्र दिनुपर्ने प्रस्ताव राष्ट्र बैंकको छ । उक्त रकम व्यावसायिक प्रयोजन वाहेक असम्बन्धित व्यक्ति वा साझेदार/प्रोप्राइटर/ संचालक/कर्मचारीलाई भुक्तानी गर्न वा रकमान्तर गरेको पाइए चालूपँुजी कर्जालाई खराब वर्गमा वर्गीकरण गरी शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने राष्ट्र बैंकको प्रस्ताव छ ।

बैंक तथा वित्तीय संस्थाले ४ प्रकारको चालु पुँजी कर्जा दिन पाउनेछन् ।

(क) क्यास क्रेडिट कर्जा
आद्यौगिक एवम् व्यापारिक कम्पनी/फर्म/संस्थाको चालूसम्पत्ति व्यवस्थापनका लागि सोही चालू सम्पत्ति धितोलाई दृष्टिबन्धक र/वा धरौट बन्धक ( र/वा धितोबन्धक राखी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने नवीकरणयोग्य कर्जालाई क्यास क्रेडिट कर्जा मानिनेछ ।

ख) अल्पकालीन अवधिको कर्जा
औद्यौगिक एवम् व्यापारिक कम्पनी/फर्म/संस्थाको अल्पकालीन चालूपूँजीको आवश्यकतालाई पूर्ति गर्न सोही चालू सम्पत्ति धितोलाई दृष्टिबन्धक र/वा धरौट बन्धक र/वा धितोबन्धक गरी निश्चित अवधि तोकी एकमुष्ट कर्जा प्रवाह र एकमुष्ट भुक्तानी हुने गरी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जालाई क्यास क्रेडिट कर्जा मानिनेछ । यस्तो कर्जा नवीकरणका लागि योग्य हुने छैन ।

(ग) आयात निर्यातसँग सम्बन्धित कर्जा
औद्योगिक तथा व्यापारिक प्रयोजनका लागि खोलिएका प्रतीतपत्र वा अन्य माध्यमबाट मालसामान आयात निर्यात गर्दा/गराउँदा प्रोफर्मा इन्भ्वाइसमा उल्लेखित रकमको सीमासम्मको रकम भुक्तानी गर्ने प्रयोजनका लागि प्रदान गरिने कर्जालाई आयात निर्यातसँग सम्बन्धित कर्जा मानिन्छ । यस कर्जाअन्तर्गत ट्रस्ट रिसिट लगायतका कर्जा पर्दछन्।

(घ) चालूपुँजी प्रयोजनको आवधिक कर्जा
व्यवसायको चालूपुँजीको आवश्यकता मूल्यांकन गर्दा स्थिर प्रकृतिको आवश्यकता पर्मानेन्न वर्किङ क्यापिटल निडलाई कम्तीमा पाँच वर्ष अवधिको आवधिक कर्जा प्रदान गर्नुपर्दछ । यस्तो कर्जालाई चालूपुँजी प्रयोजनको आवधिक कर्जा मानिने छ ।

यस्तो छ मस्यौदाः

GBIME

प्रतिक्रिया दिनुहोस्