काठमाडौं । एलआईसी नेपालका लगानीकर्ताले २१.०५२६३१५६९ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६।७७ को सञ्चित मुनाफाबाट सो मात्रामा लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको हो । कुल प्रस्तावित लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र १.०५२६३१५६९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) हुनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २१ करोड १० लाख रुपैयाँ छ । बीमा समितिको स्वीकृति र आगामी साधारण सभाबाट पास गरेपछि कम्पनीका लगानीकर्ताले सो मात्रामा लाभांश प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्