Shikhar Insurance
National Life

भोलि शनिबार हो भन्ने थाह हुँदाहुँदै पनि सरकारले घोषणा गर्‍यो सार्वजनिक बिदा, यस्तो छ कारण

सिंहदरबार संवाददाता
२०७८ पुष ९, शुक्रबार १६:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले क्रिसमस ‘डे’ का अवसरमा यही पुस १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही पुस ८ गते बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका निर्णय सार्वजनिक गर्दै जानकारी दिएका हुन् ।

पुस १० गते भोलि शनिबार भएकाले स्वतः सार्वजनिक बिदा पनि हो । शनिबार भएपनि भोलि इसाइ धर्मावलम्बीहरूको सबैभन्दा ठूलो पर्व हो । नेपाल धर्म निरपेक्ष देश हो । सरकारले हरेक धर्मको ठूलो चाडमा सार्वजनिक बिदा दिने गरेको छ । सोही सन्दर्भमा भोलिका लागि सार्वजनिक बिदा घोषणा गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री कार्कीका अनुसार मन्त्रिपरिषद्को सो बैठकले हुलाक वस्तुको महसुल दररेट तथा वैदेशिक द्रुत डाँक सेवा (इएमएस) महसुल पुनरावलोकन गर्ने निर्णय गरेको छ ।

यस्तै जिल्लासभा, रूपन्देहीको जग्गा रोहिणी गाउँपालिकाका नाममा हक हस्तान्तरण गर्न स्वीकृति दिने पनि बैठकले निर्णय गरेको छ । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीका अनुसार सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यसैगरी उहाँले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ५१ बमोजिमको औद्योगिक तथा लगानी प्रवद्र्धन कोष स्थापना गर्ने निर्णय गरेको जानकारी दिनुभयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सङ्गठन तथा व्यवस्थापन सर्भेक्षणका लागि पूर्वस्वीकृति दिने एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत विधायन व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि हिजोको मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्